खजुरगाछी माविमा अध्यक्ष राजवंशीद्वारा ४ कोठे भवन शिलान्यास

March 6, 2023 मा प्रकाशित

गौरीगंज २२, फागुन / गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछी माविमा ४ कोठे भवन निर्माण हुने भएको छ ।
गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आज सोमवार उत्त भवनको शिलान्यास गरेकी छन् । धार्मिक विधिअनुसार पण्डितद्वारा मन्त्रोउच्चरण गरि गाउँपालिका अध्यक्ष राजवंशीद्वारा शिलान्यास भएको उत्त भवनका लागि ४५ लाख रुपैयाँ वजेट विनियोजन भएको विद्यालयका प्राध्यानापक गहेन्द्र विक्रम साहले जानकारी दिएका छन् । शिलान्यास कार्यक्रममा गौरीगंज गाउँपालिका वार्ड नं. ६ का वडा अध्यक्ष वद्री नारायण यादव, वार्ड सदस्य मो आसामुदिन मियाँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर यादव, विद्यालयका प्रअ गहेन्द्र विक्रम साह, विद्यालयका शिक्षक शिक्षिकालगायतको सहभागिता थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत खजुरगाछी माविलाई ४ कोठे भवन निर्माणका लागि वजेट परेको हो । सार्वजनिक शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकासको लागि सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय छनोट गरेको थियो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानिय तह मार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गर्नुपर्दछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस