गाैरीगंज बहुमुखी क्याम्पसकाे स्ववियु सभापतिमा राेशन र ईस्तव बीच प्रतिस्पर्धा हुने

March 12, 2023 मा प्रकाशित


गाैरीगंज २८, फागुन/ गाैरीगंज बहुमुखी क्याम्पसमा यहि चैत ५ गते हुने स्वबियु चुनावमा नेबिसङको नेतृत्वमा अखिल कान्त्रिकारी विद्यार्थीसहितका संघठनबीच तालमेल हुने भएको छ ।   नेबिसङका तर्फबाट सभापतिमा राेसन यादव, सचिबमा रमेश प्रसाद ताजपुरिया र सदस्यहरूमा दिल्ली प्रसाद राजवंशी, देविका राजवंशी, निराजन सिंह गन्गाई उम्मेदवारी मनाेनयन गरेका छन् । स्वतन्त्ररूपमा काेषाध्यक्ष पदमा रेनुका राजवंशीले उम्मेदवारी दर्ता गरेकी छन् ।

अनेरास्वबियुका तर्फबाट सभापति पदमा ईस्तव हुसेनले उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी सचिवमा निर बहादुर प्रधान, काेषाध्यक्ष पदमा निरज मान्झी , सदस्य पदमा ममता कुमारी राजवंशी, समिक्षा कटुवाल र कृष्ण प्रसाद गन्गाई उम्मेदवारी मनाेनयन गरेका छन् ।

नेबिसङ झापाका जिल्ला सदस्य तथा स्ववियु सभापति देव ताजपुरियाले नेकपा माअाेवादी निकट विद्यार्थी संगठन र नेविसंघ बीचमा तालमेल गरी अन्तिम निर्णय गरेर स्वबियु चुनाबमा होमिएको बताए ।
गाैरीगंज बहुमुखी क्याम्पसको स्वबियुमा यस अघि पनि नेबिसङले सभापति जितेको थियो । यस क्षेत्रको ठूलो शैक्षिक संस्थाको रूपमा गाैरीगंज बहुमुखी क्याम्पस रहि आएको छ । यस पटकको निर्वाचनमा करिब २ सय विद्यार्थी यो क्याम्पसमा मतदाताका रूपमा रहेका छ्न । समानुपातिक उम्मेदवारकाे नामावली बन्दसुची समेत विद्यार्थी संगठनहरूले बुझाएका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस