स्व. श्यामसुन्दर यादवलाई सरकारबाट राष्ट्रिय सहिदको मान्यता

March 22, 2023 मा प्रकाशित

गाैरीगंज ८, चैत /
मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपछि उनीहरूले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन् । यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकले राष्ट्रिय सहिदको मान्यता पाएका छन् ।

राष्ट्रिय सहिदका परिवारले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।

काे हुन् राष्ट्रिय सहिद स्व. श्यामसुन्दर यादव ?

श्याम सुन्दर यादव २०२२ सालमा हालकाे गाैरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंजमा जन्मिएर हुर्किएका नेता हुन्। हक्कि निडर स्वाभावका उनी २०५४ सालकाे स्थानीय चुनावमा देशभर कम्युनिष्टकाे लहर चलेका वेला नेपाली कांग्रेस पार्टिकाे तर्फवाट अत्यधिक मत सहित तत्कालिन खजुरगाछी गाविसकाे अध्यक्षमा विजयी भएका थिए।
बाेर्डरकाे छेउमा डाका अधिक लाग्ने गर्थ्याे तर डाकाहरूलाई समातेर श्यामसुन्दरले मानिसकाे धनमाल फर्काउन सक्ने ताकत राख्ने ताकतवर मात्रै हाेईन साहसिक पनि थिए । सायद यहि विश्वासले यस क्षेत्रमा माअाेवादिकाे संगठन विस्तार हुन सकेकाे थिएन।उनी यहि कारणले माअाेवादिकाे अाँखामा परिसकेका थिए ।
जिल्ला सभापति सुधिर शिवाकाेटि र उद्वव थापाले समेत त्यसबखत उनलाई सतर्क हुन अाग्रह समेत गरेका थिए । तात्कालिन सिडियाे सुशील सम्सेरले खवर नै पठाएका थिए अध्यक्ष श्यामसुन्दरलाई जाेगिएर हिड्न। वि. सं. २०५८ साल जेष्ठ १२ गते घरछेउवाट नै श्याम देव यादव, प्रमेत यादव र श्याम सुन्दर यादव माेटरसाईकलमा घर जाँदै गर्दा साझ ६.४५ बजे माअाेवादिले बाटाेमा छेकेर कुटपिट गरेका थिए । कुटपिट भईरहेकाे अवस्थामा साईकलमा घर तर्फ गईरहेका विष्णु प्रसाद यादव पनि माअाेवादीकाे फन्दामा फसे । २ दिनसम्म उनीहरू सबैलाई स्थानियहरूकाे घरमा राखि वालुवथान पुराएर सुन्दर यादवलाई २०५८ साल जेष्ठ १५ गते बीभत्स यातना दिएर डाेरीले घिसारेर दामुना वजारमा बीभत्स हत्या गरिएकाे थियाे । श्यामसुन्दरबाहेक सबैलाई माअाेवादीले छाडिदिएका थिए ।

श्रीमती निर्मला देवी यादव कृषि कर्म गरेर जसाेतसाे जिवन चलाईरहेका छन् । उनका छाेराहरू अर्विन ञकुमार यादव र नवीन कुमार छन् ।
विष्णु प्रसाद यादव गाैरीगंज गाउँपालिकाकाे वडा नं. ६ का अध्यक्ष वद्रि यादवका दाजु हुन् भने प्रमेत कुमार यादव नेपाली कांग्रेस जिल्ला कमिटि सदस्य भएर काम गरिसकेका छन् । समाज रूपान्तरणकाे नारा लगाउनेहरू श्यामसुन्दरकाे परिवारलाई हेरर अाफुलाइ धिकारिरहेकाे नेपाली कांग्रेस गाैरीगंज गाउँपालिका सभापति अघ्नु प्रसाद राजवंशीले बताए । तिनै साहसी श्यामसुन्दर यादवकाे शालिक वहाँकै घर छेउमा निर्माण गरिएकाे छ । सहिद श्यामसुन्दरका भाई हरिलाल यादव हाल नेपाली कांग्रेस गाैरीगंज गाउँसमितिका सचिव तथा शिक्षक महासंघ गाैरीगंजका अध्यक्ष छन् ।
नेपाली कांग्रेस झापाकाे निर्देशनमा शहिद श्यामसुन्दर यादवकाे स्मृतिमा स्व. यादवकाे अर्धकद सहितकाे सालिक र स्वागत गेट निर्माण भएकाे हाे । गाैरीगंज गाउँपालिका र वार्ड नं. ६ काे करिब २१ लाख ९१ हजार रूपैयाँमा अर्धकदसहितकाे शालिक , भवन र स्वागत गेट निर्माण भएकाे छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस