अध्यक्ष कप वडास्तरिय खेलकुद प्रतियोगिता गाैरीगंजमा आजदेखि शुरू

April 28, 2023 मा प्रकाशित

गाैरीगंज १५, बैशाख / गाउँपालिका अध्यक्ष कप वडा स्तरिय खेलकुद प्रतियोगिता २०८० अाज शुक्रबार देखि विधिवत् शुरू भएकाे छ ।
गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले उत्त खेलकुद प्रतियाेगिताकाे विधिवत् उद्घाटन गरेकी छन । बैशाख १५ गतेदेखि २६ गतेसम्म हुने खेलकुद प्रतियाेगितामा गाैरीगंज माविकाे प्राङ्गनमा उद्घाटन भएकाे कार्यक्रमकाे अध्यक्षता खेलकुद व्यवस्थापन समितिका अध्यक्ष कार्तिकलाल राजवंशी थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सन्ताेष श्रेष्ठ, वार्ड नं. ३का अध्यक्ष श्रवण गिरी, वार्ड नं. ६ का अध्यक्ष बद्रीनारायण यादव, वार्ड सदस्य गंगा प्रसाद राजवंशी, ईन्जिनियर सुशान्त बुढाथोकी, सुचना अधिकृत सुमन थापा लगायतकाे सहभागिता थियाे ।
खेलकुद प्रतियोगिताकाे समापन गाैरीगंज गाउँपालिका वार्ड नं. १ स्थित महाभारा खेलकुद मैदान हुने जनाएकाे छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस