बुधकरण एण्ड सन्स टि स्टेटका संस्थापक राजवंशीकाे देहावसान

April 29, 2023 मा प्रकाशित

भद्रपुर १६, बैशाख / भद्रपुर नगरपालिका वार्ड नं. ७ रंगियाडाडा स्थित बुधकरण एण्ड सन्स टि स्टेटका संस्थापक एवं सञ्चालक श्यामानन्द सिंह राजवंशीकाे ९० बर्षकाे उमेरमा आज साझ करिब ५.२० मिनेटमा मृत्यु भएकाे छ ।
उमेरदहका कारण शरिर चल्न छाेडेपछि थलिएका राजवंशीकाे मृत्यु आफ्नै निजी निवासमा भएकाे हाे । उनकाे पार्थिव शरिरलाई भाेली आइतवार नजिककैकाे देउनियाँ खाेला ( चिया बगान पश्चिम )मा दिउसाे करिब १ बजे अन्त्येष्टी गरिने पारिवारिक स्राेतले जनाएकाे छ । नेपालकाे चिया क्षेत्रमा देशकै निजी क्षेत्रमा बुधकरण एण्ड सन्स टि स्टेटका संस्थापक स्व. राजवंशीकाे २ छोरामध्ये जेठा छोरा + बुहारी (राजेन्द्र कुमार + मनिका सिंह); कान्छा छोरा + बुहारी (भुपेन्द्र कुमार + निलम सिंह) छन् । त्यसैगरी ४ छोरी (स्व. राधा, इन्दिरा, रत्ना, मिना) ; नाती (छोरा तर्फ)- हृषिकेष, नातिनी (छोरा तर्फ) – प्रेक्षा, अनया, अनन्या; नाती (छोरी तर्फ)- डा. बिवेक, लक्ष्य, कृशान्त; नातिनी (छोरी तर्फ) अननदिता, रिसिता, रुबिना रहेका छन् । दुःखकाे यस घडीमा पर्न शाेकाकुल राजवंशी परिवारप्रति गाैरीगंज मिडिया प्रालि हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ । साथै शाेकाकुल परिवारजनप्रति गहिराे समवेदना प्रकट गर्दछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस