प्रेस यूनियन झापा अध्यक्षमा गिरीराज विजयी

May 14, 2023 मा प्रकाशित

Advertisement

बिर्तामोड, ३१ वैशाख । नेपाल प्रेस यूनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् ।

आज यूनियनको सम्पन्न १० औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि भट्टराई, राजेन्द्र गौतम र मनकुमार शर्मा उम्मेद्वार थिए ।

अरु पदमा सर्वसम्मत भए पनि अध्यक्ष पदमा चुनावी प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा भट्टराईले ६६ मत र गौतमले ५२ मत पाएका थिए भने शर्माले १ मत प्राप्त गरेका थिए ।

यसैगरी, उपाध्यक्ष पदमा ईश्वर अधिकारी, सविना लिम्बू, सचिवमा अर्जुन राजवंशी, सहसचिवमा जसोदा राजवंशी र कोषाध्यक्षमा ओमप्रकाश भट्टराई सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा रणदेव हजाम, अनुसा चुँडाल, तलु बास्के, शान्ति सुब्बा, विष्णु श्रेष्ठ, जोस्ना श्रेष्ठ, कौशल भण्डारी, तुलसीप्रसाद निरौला, देवेन्द्र प्रसाई, पोषराज कटुवाल, युवराज रेग्मी, रञ्जित परियार र विष्णुप्रसाद पौडेल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस