वैदेशिक राेजगार सम्बन्धि अन्तर्किया

May 18, 2023 मा प्रकाशित

गाैरीगंज ४, जेठ/ सुरक्षित वैदेशिक राेजगार ( सामी) सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएकाे छ ।
गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वैदेशिक राेजगारमा जादा अपनाउनु पर्ने सुरक्षा र विदेशबाट फर्केर आईसकेपछि सिकेकाे सिप र ज्ञानलाई स्वदेशमै सदुपयोग गरी आय आर्जन गर्न सकिने विषयमा छलफल भएकाे थियाे ।

श्रम रोजगार तथा सामिजिक सुरक्षा मन्त्रालयको मातहतमा (Helvetas) नेपालको प्राबिधिक सहयोगमा साथै स्थानीय सरकार गौरिगंज गाउँपालिकाे स्वामित्वमा संचालन गरेको सुरक्षित आप्रवासन (SAMI) कार्यक्रम अन्तरगत सरोकारवालाहरुसॅंग अन्तरक्रिया कार्यक्रम गाैरीगंज गाउँपालिकाकाे सभाहलमा सम्पन्न भएकाे थियाे ।

गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुवँरले वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित एवम् शोषणरहित बनाउँदै वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोग गरी देशभित्रै रोजगारी तथा अवसरहरू सिर्जना गर्ने तथा आयआर्जनमा वृद्धि गरी भविष्यमा सहज जीविकोपार्जन गर्ने गराउने र सामाजिक रूपमा सम्मानित भएर बाच्ने आधार तयार पार्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेकाे बताईन् ।

गाउँपालिकाकी रोजगार संयाेजक बेगम राईले आप्रवासी सूचना तथा स्रोत केन्द्रबाट वैदेशिक रोजगारी सम्बन्धी परामर्श, वैदेशिक रोजगारीको सिलसिलामा ठगिएकाहरूलाई निःशुल्क कानुनी सेवाको लागि सहजीकरण, वैदेशिक रोजगारीमा रहँदा अङ्गभङ्ग भएका, मृत्यु भएकाहरूलाई क्षतिपूर्तिको लागि पहल गरिदिने, शव नेपाल ल्याउन सहजीकरण गर्ने विप्रेषणलाई आयमूलक क्षेत्रमा खर्च गर्न वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्नेलगायतको काम भइरहेको जानकारी दिईन् ।
राेजगार संयाेजक राईले वैदेशिक रोजगारका क्रममा घाइते, अङ्गभङ्ग र मृत्यु भएकाहरूको हकमा समेत गाउँपालिकाले गरेको काम तथा गाउँपालिकाको भूमिकाका बारेसमेत जानकारी दिएकी थिएकी थिईन् ।
गाैरीगंज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्ताेष श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक एवं शोषणरहित बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन भएको बताए । कार्यक्रममा गाैरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, वार्ड नं.४ का अध्यक्ष फेका गिरी, ईलाका प्रशासन कार्यालयका प्रमुम चुडामणी आँपगाई, कार्यपालिका सदस्य अघ्नु प्रसाद राजवंशी, राधा अधिकारीलगायतकाे सहभागीता थियाे ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस