गाैरीगंज- १ काे कुञ्जिवारी बजार सरसफाई

May 22, 2023 मा प्रकाशित

गाैरीगंज ८, जेठ / गाैरीगंज गाउँपालिका वार्ड नं. १ ले कुञ्जिवारी बजार सरसफाई गरेकाे छ ।
ईलाका प्रहरी कार्यालय झिल्झिलेकाे समन्वयमा कुञ्जिवारी चाैकी, सशस्त्र सिमा सुरक्षा बल, स्थानिय संघ संस्था, स्थानियवासीकाे उपस्थितिमा शनिवार बजार सरसफाई गरिएकाे वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले बताए । गाैरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बजारलाई हरभारा र सफासुघर राखे बजारकाे साैन्दर्यता बढ्ने र मानविय स्वास्थ्यमा पनि सहयाेग पुग्ने बताए ।
स्थानियवासी, व्यवसायीहरूलाई सरसफाई गर्न हाैसला बढाेस् भनेर सांकेतिकरूपमा सरसफाईकाे कार्यक्रम आयाेजना गरेकाे वडा अध्यक्ष राजवंशीले बताए । कार्यक्रममा वडा सदस्यहरू,पुर्व जनप्रतिनिधिहरू, स्थानिय संघ संस्थाका प्रतिनिधिहरू, प्रहरीलगायत स्थानिय व्यवसायीहरूकाे सहभागिता थियाे ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस