उपसचिव पदमा पुग्ने शर्मा सम्भवतः गाैरीगंजकै पहिलाे व्यक्ति

May 31, 2023 मा प्रकाशित

गाैरीगंज १७, जेठ / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थायी घर भएका विजय कुमार शर्मा गाैरीगंजकै उपसचिव पदमा पुग्ने सम्भवतः पहिलाे व्यक्ति बनेका छन् ।
नेपाल सरकारको प्रशासन सेवा/सामान्य प्रशासन समुहको उपसचिव पदमा हालै नियुक्तिका लागि १ नं.मा सिफारिस भएपछि गाैरीगंज क्षेत्रमा उनी सर्वाधिक चर्चामा छन् ।
उपसचिव (राजपत्रांकित द्वितीय श्रेणी) का लागि इन बास्केट एक्सरसाइज र लिखित परीक्षा समेतको प्राप्तांकको आधारमा सामान्य प्रशासन सेवा समुह अन्तरगत शर्मा १ नं. मा सिफारिस भएका हुन् ।
२०७५ सालमा शाखा अधिकृतमा सेवा प्रवेश गरेका शर्मा अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् ।
पढाईमा सानै उमेरदेखि दख्खल राख्ने उनी कम्प्युटरमा पनि उतिकै पाेख्त छन् । निजामति सेवामा प्रवेश गरेसंगै अध्ययनमा रूचि राख्ने शर्मा हाल देशकै नमुना स्थानिय तहकाे रूपमा चिनिएकाे भक्तपुर नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रूपमा कार्यरत छन् । अर्जुनधारा नगरपालिका, गौरादह नगरपालिका, चॉगुनारायण नगरपालिका र अख़्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुभव बटुलिसकेका उनी हरेक विषयलाई मसिनाे गरी केलाउने र समस्याकाे समाधान निकाल्ने क्षमता बाेकेका शर्मा भद्र, शालिन र सबैसंग घुलमिल हुने स्वभावका छन् । केही वर्ष पत्रकारिता गरेका शर्मा १४ बर्ष अध्यापन क्षेत्रमासमेत काम गरेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस