‘अरु पार्टीको मत ल्याएर मेयर जित्छु’

June 16, 2017 मा प्रकाशित

hanslal
असार १४ गते दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ । उम्मेद्वारी घोषणासँगै विभिन्न राजनीतिक दलहरु यतिखेर चुनावी कार्यव्रmमलाई तिव्रता दिइरहेका छन् । यही व्रmममा हंशलाल राजवंशी नेकपा माओवादी केन्द्रको तर्फबाट मेचीनगर नगरपालिकाको मेयरका उम्मेद्वार बनेका छन् ।
पार्टीका जिल्ला कोषाध्यक्ष समेत रहेका उनी आदिवासी समुदायमा लोकप्रिय नेताको रुपमा परिचित छन् । विभिन्न सङ्घसंस्थामा रहेर कुशलतापूर्वक आफ्नो जिम्मेवारी समाल्दै आएका हंश जनलहर आफ्नो पक्षमा रहेको दाबी समेत गर्छन् । आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्दै मेयरका उम्मेद्वार बनेका चारआली निवासी उनीसँग चुनाव केन्द्रित रहेर कार्यकारी सम्पादक झुलन रेग्मीले गरेको कुराकानी प्रस्तुत छ ः

Advertisement

तपाई माओवादी केन्द्रको तर्फबाट मेचीनगरको मेयरमा उम्मेद्वार बन्नु भएको छ । कसरी चुनावी कार्यव्रmम अघि बढाइरहनु भएको छ ?
हाम्रो उम्मेद्वार छनोट करिब–करिब सकिएको छ । सबै वडाको वडाध्यक्ष र परिषद सदस्यहरुको पनि । अब हामी यही जेठ १० गते नगरपालिकाको सबै प्रतिनिधिहरुको नाम घोषणा गर्दैछौँ । यद्यपि कतिपय वडाहरुमा घरदैलो कार्यव्रmम सुरु भइसकेको छ । घरदैलो कार्यव्रmममा साथीहरु व्यस्त हुनुहुन्छ ।

पार्टीले तपाईलाई नै मेयरको उम्मेद्वार बनाउनुको कारण नि ?
नगर कमिटीका साथीहरुले एकमतले मलाई समर्थन गर्नुभयो । सबैले हार्दिकताका साथ मलाई सबैले समर्थन गरेर निर्णय गर्नुभएको हो । मेरो उम्मेद्वारी दिनुको आवश्यकता के रह्यो भने नयाँ संरचना अनुसार मेचीनगरपालिकामा करिब ४५ प्रतिशत आदिवासी जनजाति समुदायको बसोबास रहेको छ । हाम्रै मूलका राजवंशीदेखि लिएर धिमाल, मेचे, सन्थाल, पान, किसान, त्यस्तै मगर, गुरुङ, राई, लिम्बू अनि नेवारहरुको सङ्ख्या अधिक भएको पाइन्छ । अर्को कुरा, आदिवासी जनजाति महासङ्घहरुले पनि हाम्रो समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुनु भएको छ भनेर मलाई समर्थन गरेको अवस्था छ । काङ्ग्रेस एमाले निकटका महासङ्घबाट कोही पनि मेचीनगरमा मेयरको उम्मेद्वार हुनुहुन्न । सायद मलाई लाग्छ आदिवासी जनजातिको बसोबासको आधार मानेर पार्टीले सर्वसम्मत मलाई उम्मेद्वार बनाएको हो ।

मेचीनगरमा माओवादी केन्द्रको अवस्था कस्तो छ ?
पहिले हाम्रो साङ्गठानिक अवस्था त्यति राम्रो थिएन । तर, अहिले आएर हामीले पनि नसोचेको ढङ्गबाट सुधार आएको पाइएको छ । अर्थात् साङ्गठानिक अवस्था मजबुत भएको छ । सबैले हामीलाई समर्थन गर्नु भएको अवस्था छ । १५ वटा वडामा १५ वटै वडा कमिटी सव्रिmय छन् । एउटा वडामा झण्डै २६÷२७ वटा टोल समिति गठन भएका छन् । प्रत्येक टोल समितिमा कम्तिमा २५ जना सङ्गठित हुनु भएको छ । र, सङ्गठित सदस्यहरु अहिले सव्रिmय रुपमा चुनावमा लाग्नु भएको छ । पुराना साथीहरु पनि अहिले उत्तिकै रुपमा लाग्नु भएको अवस्था छ । समग्रमा भन्नुपर्दा हाम्रो पक्षमा लहर नै चलेको छ । हाम्रो पार्टीको गतिविधि देखेर काङ्ग्रेस एमालेका साथीहरु पनि त्रसित हुनु भएको हामीले ठाउँ–ठाउँबाट सुनिरहेका छौँ ।

अन्य पार्टीसँगको ताममेलको कुरा के भइरहेको छ ?
पहिलो कुरा पश्चिमतिर भएको तामेलको निर्णय हामी पर्खिरहेका छौँ । त्यसको रिजल्ट राम्रै आयो भने तालमेल नगर्ने भन्ने कुरै छैन । तालमेलको हामी विरोधी होइनाँै । व्यक्तिगत रुपमा पनि तालमेल गर्नु हुँदैन भन्ने पक्षमा म छैन । तर, तालमेल गर्दा मतदाताको भावनालाई कुण्ठित गर्ने गरी गर्नु हुँदैन । जस्तैः पश्चिममा सम्पन्न निर्वाचनमा उम्मेद्वार नै नभएको ठाउँमा भोट हालेको पाइयो । यो एउटा दुर्घटना हो । मतदाताको भावनालाई यदि सम्मान हुने गरी तालमेल हुन्छ भने त्यो हुनुपर्छ ।

यदि तालमेल हुँदा ब्याक सर्नु पर्ने अवस्था आयो भने तपाई तयार हुनुहुन्छ ?
म पार्टीको सिपाई भएको नाताले म व्याक सर्न त ठूलो कुरो होइन । मुख्य कुरो पार्टीले जित्नु पर्छ । तर, तालमेलको नाममा भोलि गएर पार्टी हार्यो भने यसको जिम्मेवारी कसले लिने हो त्यो अहिले नै तयार हुनु पर्यो नि । तालमेलको नाममा जित्ने साथीहरुलाई ब्याक सार्ने काम गर्नु हुँदैन ।

चुनाव जिने आधारहरु के छन् ?
मेचीनगरमा जति पनि राजनीतिक दलहरु छन्, उनीहरुले आफ्नै मात्र सदस्यको भोट ल्याएर जित्न सक्ने अवस्था म देख्दिन । मतदाताहरुलाई जसले आफूतिर आकर्षित गर्न सक्छ, उसैले जित्ने हो । त्यसैले कुन उम्मेद्वारले मतदाताको पक्षमा काम गरिरहेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले म दाबीका साथ भन्नसक्छु कि काङ्ग्रेस, एमाले, राप्रपालगायत अन्य पार्टीका मतदाताले भोट दिनु हुन्छ । सबै पार्टीमा रहनु हुने आदिवासी जनजाति समुदायका नेताहरुले मलाई भोट दिने वचन दिइसक्नु भएकाले पनि मेरो जित सुनिश्चित छ । केही पार्टीहरुमा त माओवादीसँग एजेण्डा मिल्ने भएकाले आफूहरु उम्मेद्वारी नदिने र समर्थन गरेर जाने कुरा भइरहेको छ । अझ पहिचानवादी राजनीतिक शक्तिले सपोर्ट गर्ने भएकाले पनि म चुनाव जित्छु । अर्को कुरा, आदिवासी जनजाति समुदायको व्यक्ति भएकाले पनि मलाई जिताउन साथीहरुले आ–आफ्नो ठाउँबाट भूमिका खेलिरहनु भएको छ ।

यदि तपाईले चुनाव जित्नु भयो भने के छन् त्यस्ता योजनाहरु ?
सबैभन्दा पहिलो कुरा त अहिले स्थानीय निकायमा भ्रष्टाचार मौलाएर गएको छ । यदि म मेयर भएँ भने भ्रष्टाचार निमूल पार्ने मेचीनगरबासीसमक्ष प्रतिबद्धता व्यक्त गर्दछु । मेरो कार्यकाल अवधिभित्र सबै संयन्त्रको सहयोग लिएर भ्रष्टाचार हुन म दिन्न, यो मेरो पहिलो दायित्व रहनेछ । त्यस्तै, राजनीतिमा मोलाएको विसङ्गतिलाई सदैव अन्त्य गर्नेछु । संविधानले दिएको जनताको हक अधिकारलाई सुनिश्चित गर्दै विकास निर्माणको कामलाई सन्तुलित रुपमा अघि बढाउनेछु । जनताको जीवनस्तरलाई माथि उठाउन हरसमय लाग्नेछु ।
सिंहदरवारको अधिकार गाउँ–गाउँमा पुर्याउने भनिएको छ । यसलाई कसरी जनतासमक्ष पुर्याउनु हुन्छ ?
हाम्रो पार्टीले ‘नेकपा माओवादीको उपहार गाउँ–गाउँमा सिंहदरवार’ भन्ने नारा तय गरेको छ । नयाँ संविधानले अधिकार वडावडामा, गाउँगाउँमा अधिकार प्रत्यायोजन गरेको छ । यसबारे जनतालाई सुसूचित गर्नका लागि प्रत्येक वडामा अभियान सञ्चालन गर्नेछु ।

नगरभित्र थुप्रै समस्या र चुनौती छन् । यसलाई कसरी व्यवस्थापन गर्नु हुन्छ ?
चुनौती त स्वाभाविक नै हुन्छ । बिस–बिस वर्ष भइसक्यो निर्वाचन नभएको । अर्थात् जनप्रतिनिधिविहीन भएको स्थानीय निकायहरु । समस्याहरु पनि थुप्रै गुजिल्टिएका छन् । निर्वाचन बल्ल–बल्ल हुँदैछ । म आफै पनि गाविसको उपाध्यक्ष भएर काम गरेको व्यक्ति हुँ । त्यो बेलाको अनुभवलाई सँगाल्दै अब नयाँ संविधान अनुरुप ती चुनौती र समस्यालाई हल गर्दै लानेछु । राजनीतक दल, प्रशासनिक निकाय, नागरिक समाज, बुद्धिजीविलगायतको सल्लाह र सुझावलाई आत्मसाथ गर्दै ती समस्यासँग जुध्दै अघि बढ्ने छु ।

मेचीनगरमा अन्य पार्टीको पोजिसनलाई कसरी हेर्नु भएको छ ?
अन्य पार्टीको पोजिसनलाई हेर्ने हो भने उहाँहरु साङ्गठानिक रुपमा दहे हुनुहुन्छ । तर, अहिलेको परिवर्तित समयलाई कता–कता बुझ्न सकिरहनु भएको जस्तो लागेको छैन । त्यही भएर ती पार्टीभित्र विचलन आएको हो । जनताले पनि उनीहरुलाई सच्चिने मौका नदिएका होइनन् ।

अहिले मतदाताको घर–घरमा पुगेर भोट माग्ने काम भइरहेको छ । के भनिरहेका छन् मतदाताहरु ?
जनताले हामी पार्टीभन्दा पनि व्यक्ति हेरे भोट दिन्छौँ भन्नु भएको छ । को इमान्दार र काम गर्न सक्षम छ, हिजोको इतिहास कसको कस्तो छ ? यी कुरा हेर्छौँ भन्ने खालका कुराहरु मतदाताहरुले हामीसँग राख्नु भएको छ । समग्रमा भन्नुपर्दा हाम्रो होइन, राम्रो चाहियो भन्ने नै छ । जितेर गएपछि अनुहारै देखाउँदैनन् भन्ने गुनासो मतदाताहरुको रहेको पाइयो । त्यसैले हामीले भनेका छौँ कि जितेपछि प्रत्येक वडाका नागरिकसँग भेटघाट र उहाँहरुका समस्यालाई ग्रहण गरेर हल गनेछौँ ।

अन्त्यमा मेचीनगरबासी समक्ष के भन्नु हुन्छ ?
जेठ ३१ को स्थानीय तहको निर्वाचन हिजोको जस्तो मात्रै होइन । अब मेचीनगरपालिका पनि धेरै अधिकार सम्पन्न हुँदैछ । यसको बागडोर समाल्न आउने जनप्रतिनिधिहरुको मूल्याङ्कन गर्ने काम तपाईहरुकै हो । त्यसैले जो(जो उम्मेद्वारहरु उठ्नु भएको छ, उहाँहरुको चरित्रबारे पनि राम्रोसँग अध्धयन गर्नुहोस् । दक्षता र क्षमतालाई बुझेर बेलैमा सही निर्णय गर्न सकिएन भने पाँच वर्ष पछुताउनुको विकल्प हामीसँग रहँदैन । चुनावका बेला पैसा खोलो बगाउने काम भइरहेकाले त्यसबाट मतदाताहरु चनाखो बन्नुपर्ने देखिन्छ । किनकी पैसाले तपाईहरु अधिकार प्राप्त गर्न सक्नुहुन । पैसा त केबल चुनाव जित्ने अस्त्र मात्र हो । म तपाईहरुसँग निःशुल्क मत माग्छु र मागिरहेको छु । भोलि मैले जितेको खण्डमा तपाईहरुसँग एक पैसा नमागी सेवा गर्न तयार छु । यो मेरो प्रतिबद्धता र आग्रह पनि हो ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस