महेशपुर गाविसका पूर्व अध्यक्ष राजवंशीको निधन

January 18, 2024 मा प्रकाशित

Advertisement

भद्रपुर ४,माघ / जिल्ला विकास समिति झापाका पुर्व उप सभापति एवं साविक महेशपुर गाउँ विकास समितिका अध्यक्ष रोहितचन्द्र सिंह राजबंशीको निधन भएको छ। उहाँ ६० वर्षको हुनुहुन्थ्यो। 

राजवंशी समुदायका अग्रज व्यक्तित्व पूर्व मन्त्री तथा राष्ट्रिय पञ्चायतका उपाध्यक्ष गोपालचन्द्र सिंह राजबंशीको माइलो पुत्र हुनुहुन्छ। राप्रपा नेपाल, झापाको संस्थापक अध्यक्ष समेत रहि सक्नु भएका भद्रपुर-६ मन्त्रीबाडी(मन्त्री चोक) निवासी  राजबंशीको आज दिउँसो २:३० बजे निधन भएको हो।

उहाँ केही बर्ष अघिदेखि मृगौला सम्बन्धि समस्याले पिडित भइ  ओम साइ पाथीभरा हस्पिटलमा डायलासिस गराइरहनु भएको थियो । उहाँकी पत्नी बिना राजबंशी तथा दुई छोरा बिबेकसिंह राजबंशी र रोशनसिंह राजबंशी छन्। स्वर्गीय राजबंशीको अन्तेष्टी भोलि विहान ११ बजे स्थानिय देउनिया घाट, रङ्गेडाँडामा गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस