खजुरगाछी माविका पूर्व विद्यार्थीको पुर्नमिलन तथा वनभोज, यादव प्रधानको संयोजकत्वमा तदर्थ समिति गठन

January 30, 2024 मा प्रकाशित

गौरीगंज १६, माघ / गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित श्री खजुरगाछी माविका पूर्व विद्यार्थीहरुले पहिलो पटक भेटघाट तथा वनभोज कार्यक्रम गरेको छ ।
कन्काई नगरपालिका वार्ड नं. २ स्थित सुरुङ्गाको पर्यटकिय स्थल जामुनखाडीमा आज मंगलवार भएको भेलामा पूर्व विद्यार्थीहरुले खजुरगाछी माविका प्र.अ. स्व.श्रीप्रसाद ढकाल, शिक्षकहरु स्व. नगेन्द्र झा, स्व.शुस्मन घोष, स्व. प्रधुम्न रिजाल र भिमसेन प्रसाद उपाध्याय ( मुखिया)को निधनप्रति एक मिनेट मौनधारणसंगै हार्दिक श्रद्वान्जली प्रकट गदै शोक प्रस्ताव पारित गरेको छ । साथै पुर्व शिक्षकहरु ( सेवानिवृत) राजेन्द्र ढाकाल, सुन्दरलाल राजवंशी, श्याम राजवंशी, विष्णुकान्त झा,विष्णु लामिछाने, सावित्री आचार्य (दिदी), दोर्ण सुवेदी, बोधराज नेपाल, सूर्यप्रसाद दाहाल, शिवकुमार दास (हालसम्म अध्यापन गरिरहनु भएको), शिला मखोड ( अमेरिकन) र भोला प्रसाद सापकोटा ( भोला दाई) प्रति सम्झना तथा सम्मान व्यक्त गरेको छ । खजुरगाछी माविबाट पहिलो एस.एल.सी. ब्याच ( २०४९) का पूर्व विद्यार्थी उमेश मल्लिकको अध्यक्षतामा बसेको भेलाले
यादव प्रधानको संयोजकत्वमा खजुरगाछी मावि पूर्व विद्यार्थी समाज तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको सदस्य सचिवमा आत्माराम राजवंशी रहेका छन् भने सदस्यहरुमा विनोद साह, सकुन्तला ढकाल, चिरञ्जिवी खरेल, ज्ञाननाथ खरेल, प्रकाश चन्द्र राजवंशी, प्रकाश पराजुली, विरेन्द्र यादव, झलक प्रसाई, गिता प्रसाद दंगाल, विजय यादव, रोशन साह, सुवोध सिंह गन्गाई, अजय कुमार दास, सुनिता ढुंगाना,शम्भु साह, सन्तोष कुमार कार्की, विष्णु ढुगांना, सविना लौडारी, कोश कुमारी सेढाई (मनु), विष्णु खरेललगायत छन् । तदर्थ समितिले ३ महिना भित्र विधान तयार गरी आधिकारिकरुपमा समिति गठन गर्नुका साथै संस्था दर्ता गर्ने र सदस्य विस्तार गर्ने समितिका संयोजक प्रधानले बताए । वि.सं. २०२९ सालमा स्थापना भएको लामो इतिहास बोकेको खजुरगाछी माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको समितिले विद्यालय प्रशासनसंग सहकार्य गर्दै म केही दिऊँ भन्ने उद्येश्यका साथ विद्यालयको शैक्षिक अवस्था सुधार, भौतिक संरचना निर्माण, विपन्न तथा जेहेन्दार विद्यार्र्थी छात्रवृति, सम्मानलगायत विभिन्न सेवामुलक कार्य गर्ने छ ।

Advertisement

जीवनका दश वर्ष, हरेक वर्ष एक एक खुटकिलो चढ्दै बिताएका पल। ती पलमा गरेका बदमासी, हँसीमजाक, खेलकुद, मस्ती। सबैलाई प्यारो लाग्छ ती पलहरुको सम्झना। स्कुले जीवनमा सामान्य लाग्ने ती पलहरु उमेर चढ्दै जाँदा स्वर्णिम सम्झना बन्दछन्। अनि लाग्दछ,आहा ! फेरि स्कुले जीवनमा फर्किन पाए।

स्कुल तह सक्काएर उच्च शिक्षाका लागि आफ्नो गन्तव्यतिर अघि बढेका विद्यार्थीहरु विविध विषयमा दक्षता हासिल गर्ने दौडमा लाग्छन्। चिकित्सक, प्राविधिक, कलाकार, लेखक, व्यापारी, पत्रकार, वकिल, सरकारी सेवा, बैंकिङ। आफ्नो क्षेत्रको व्यावसायिक धर्म निर्वाह गर्दा गर्दै जीवनले कसैलाई कता पुर्‍याउँछ, कसैलाई कता। निजी होस् वा सरकारी अथवा सामुदायिक विद्यालय, जीवनले जसलाई जता पुर्‍याए पनि विद्यालय र विद्यार्थीकालका साथीहरु सधैँ आत्मीय हुन्छ। जतिसुकै उच्च ओहदामा पुगे पनि, जतिसुकै उच्च शिक्षा हासिल गरे पनि, जतिसुकै धन सम्पत्ति कमाए पनि, जीवनको प्रारम्भिक ज्ञान हासिल गरेको विद्यालय र ज्ञान दिने गुरुहरुका सामु शिर सधैँ नुहुने गर्दछ। भनिन्छ विद्याधनं सर्व धनं प्रधानं। जीवनको प्रारम्भिक शिक्षारुपी धन कहिल्यै नरित्तिने सर्वोत्तम धनमा पर्दछ। यो विद्यालय र गुरुहरुले प्रति हरेक विद्यार्थीले बोक्ने ऋण हो जुन कहिल्यै तिरेर सकिँदैन।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस