नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गठनको औचित्य

March 27, 2024 मा प्रकाशित

Advertisement

गणेश मादेन /

नेपाली काँग्रेसले ग्रहण (assume) गरेको भ्रातृसंस्था लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम अधिवेशनको वडा तहदेखि जिल्ला तहसम्म कार्यसमिति गठन, प्रदेश, क्षेत्र र केन्द्रीय प्रतिनिधिको छनौटले लोकतन्त्रप्रति आस्था र विश्वास राख्ने आदिवासी जनजाति समुदायले सकारात्मक ठानेको हुनु पर्छ।

लोकतन्त्रमा तर्क–वितर्क हुनु स्वाभाविक हो। लोकतन्त्रमा पहिलो विकल्प सर्वसम्मत चयन, दोस्रोे विकल्प निर्वाचन विधिबाट । झापा क्षेत्र न.१ मा क्षेत्रीय समितिको अध्यक्ष पदको उम्मेद्वार छनौट दोस्रो विकल्पमा गई उम्मेद्वार टुंगो लगाएको देखिन्छ । पराजय र विजय महत्वपूर्ण पक्ष होइन । विधि र विधान प्रधान हुन्छ । व्यक्ति प्रधान हुँदैन । यही हो लोकतन्त्रको सुन्दर पक्ष ।

तत्कालीन अवस्थामा आदिवासी जनजाति नेताहरुमध्ये अमृतलाल राजवंशी (हाल नेकपा एमाले), चन्दन मेचेलगायत रमेशकुमार भुजेलले नेतृत्व सम्हाल्ने अवसर नपाएका होइनन् तर, नेतृत्व सम्हालेको छोटो अवधिमै महासंघको जिल्ला कार्यवाहक श्री दिलकुमार नेम्वाङको कार्यकौशलता र अथक मेहनतले लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन निर्धारित समयमै सम्पन्न गर्न सफल भएको छ ।

मिति २०८० चैत ६ गतेको दिन सम्पन्न प्रथम जिल्ला अधिबेशनको अपार समर्थनले उहाँलाई नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको जिल्ला अध्यक्षको रूपमा सर्वसम्मत स्वीकार गर्नु पनि ऐतिहासिक क्षण थियो । विधि र नीतिको सिद्धान्तलाई स्थापित गर्न बनेको संगठन चलायमान पार्न नयाँ कार्यसमितिको काँधमा नयाँ जिम्मेवारी थपिएको छ । उहाँलगायत कार्यसमितिको सिंगो टिमलाई सफल कार्यकालको शुभकामना दिनै पर्छ ।

पार्टीले हतियारको रूपमा तयार पारेको अस्त्र (महासंघ) बन्धक त थियो नै तर, पुनः क्रियाशील तथा पुनर्जीवित (revive) गर्नुमा कतै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको त होइन ? लोकतन्त्रको रक्षा गर्नु नै कांग्रेसको नैसर्गिक अधिकार हो। कांग्रेसलाई चौतर्फी घेराबन्दी गर्नु भनेकै लोकतन्त्रमाथि खतरा उत्पन्न हुनु पनि हो । कि यत्र तत्र छरिएर बसेका आदिवासी जनजाति समुदायको भावना (sentiment) बटुल्न मात्र गठन भएको महासंघ हो ? त्यसो होइन भने सत्ता र शक्तिमा बसेका पार्टीका महारथी र सारथीहरुको मन पनि पवित्र हुनु प¥यो । लोकतान्त्रिक आन्दोलन (Democratic movement) मा ज्ञात–अज्ञात आदिवासी जनजाति समुदायले पु¥याएको योगदानलाई अवमूल्यन गरिनु हुँदैन भन्ने आग्रह मात्र हो। तब मात्र लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गठनको औचित्य केही हदसम्म पुष्टि हुन्छ। यसले के पुष्टि गर्दछ भने आदिवासी जनजाति समुदायको उपस्थितिविना कांग्रेस अपुरो नै भएको देखिन्छ ।

जनताको मौलिक हक अधिकार र विधि नीतिसँग जोडिएको पार्टी नेपाली कांग्रेस लोकतन्त्रको ‘मन्दिर’ हो पनि भनिन्छ। पवित्र मन्दिरबाट टिका ग्रहण गरि ‘रथ’ हॉक्न निस्कने महारथी र सारथीहरूको परम्परागत (orthodox) सोच र विचारको कारण कांग्रेस पार्टी कतै जकडिएको त छैन ? चाहे त्यो धार्मिक होस्, चाहे त्यो सांस्कृतिक, आर्थिक र निजी स्वार्थ त छँदैछ । र, अब हाम्रोलाई होइन राम्रोलाई स्थान प्रदान गर्ने सोचको विकास गर्न जरूरी छ । इमानदार पात्रको खोजी हुनु पर्दछ । पवित्र मन्दिरभित्र आन्तरिक खिचातानी र बेमेलको कारण बीपीले कल्पना गरेको लोकतान्त्रिक समाजवादको ढोका बन्द हुने सम्भावना पनि त्यत्तिकै छ। कांग्रेसले लोकतन्त्र बचाउनु त छँदैछ , पार्टीले स्वीकारेको आर्थिक गतिविधि र जनजीवनसँग सम्वन्धित समाजवादको ’ढोका’ भाषण र नाराले होइन व्यवहारले खोलिदिनु पर्छ । वर्गीय दृष्टिकोणले पछाडी परेका शोषित– पीडित आम नेपालीको चाहना पनि त्यही हो।

तसर्थ ‘कांग्रेस’ सम्भ्रान्त परिवारको तन्त्र–मन्त्र हो भन्ने भान कांग्रेसले नै चिर्न जरूरी छ । छिमेकी राष्ट्र भारतीय राष्ट्रिय काँग्रेस आईले भोग्नुपरेको क्षतिका उदाहरणहरु प्रशस्तै छन्। विकासको बाधक नै भ्रष्टाचार हो। भ्रष्टाचार देशको प्रमुख शत्रु हुन् । यी यावत् बेथितिका कारण दुधको साक्षी विरालो, रवि र ओलीको गिद्धे दृष्टिबाट बच्न त्यति सजिलो छैन । प्रचण्डको अदृश्य शक्तिलाई कम–आकलन गर्नु पटमूर्ख बन्नु मात्र हो। अझ क्षेत्रीय तहमा उदाएको शक्तिहरूसँग पैंठोजोरी खेल्न उतिकै चुनौती छ ।
जे होस् , ढिलै भएपनि कडा मेहनत र प्रयासले निर्माण भएको लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काँग्रेसको मूल खम्बाको रूपमा स्थापित भएको छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस