तीन स्नान घाट सबै आदिवासीको लागि खुल्ला होस्

April 17, 2016 मा प्रकाशित

राजवंशी समाज विकास समिति झापाले भर्खरै कार्यालय भवन र तीन स्नान घाटको शिलान्यास गरेको छ । भारतीय राजदुतावासका प्रतिनिधी सरजित सिहंले उक्त भवन र तीन स्नान घाटको शिलान्यास गरेका थिए । यो कार्य राजवंशी समाजका लागि मात्र होइन सिंगो नेपाली समाजका लागि उदाहरणीय कार्य हो ।
यस कार्यमा सबै नेपालीले सहयोग र योगदान दिनुपर्दछ । समाजमा त्यस्ता व्यक्तिको चिरकालसम्म नाम रहन्छ वा अमर रहन्छ जो यस समाजका लागि केहि योगदान दिएर गएका हुन्छन् । तीन स्नान घाट र भवन निर्माणका लागि साढे पाँच कठ्ठा  करिब १ करोड भन्दा माथिको मुल्य पर्ने जग्गा  समाजसेवी जौहारीलाल राजवंशी र उनका परिवारले नि:शुल्क दान दिएका छन् । उनी धन्यवादको पात्र मात्र बनेन् सिंगो समाजका लागि चिरकालसम्म अमर रहनेछन् । जौहारीलाल राजवंशी र उनको परिवारले दिएको योगदानलाई  सिको गर्ने हातहरु हाम्रो समाजमा धेरै दानी महापुरुषहरु छन् । त्यसको खोजी गरे अवश्य भेटिनेछन् । राजवंशी समाज विकास समिति झापाले गरेको यो प्रयासलाई राम्रो मान्नुपर्छ । तीन स्नान घाटको निर्माणले विर्तामोड आसपासमा बस्ने आदिवासीहरुको लागि वरदान सावित हुने छ । हाल विर्तामोड छेउछाउमा नदी नाला नभएको र भएकाहरुमा फोहोर भएका कारण मरिमराउमा आदिवासीहरुको तीन दिन र बाह्र दिनको क्रियामा समस्या हुने गर्दछ । तीन र बाह्र दिनको क्रिया गर्न माइ खोला पुग्नुको विकल्प छैन । विपन्न परिवारका लागि हजारौं रुपैया खर्च गरेर तीन र बाह्र स्नान गर्न माई पुग्ने क्षमता हुदैन ।  अब यो तीन स्नान घाटको निमार्णले त्यस समस्यालाई हटाउने अपेक्षा गरिएको छ ।
तर तीन स्नान घाट मात्र राजवंशी जातिको लागि हुनु हुदैन । यसलाई सम्पुर्ण आदिवासी समुदायको लागि खुल्ला भए राम्रो हुन्छ । राजवंशीलगायत ताजपुरिया, गन्गाई, थारु,मेचे, धिमाल, माझीलागायत आदिवासी समुदायको लागि पनि तीन स्नान घाट खुल्ला हुन जरुरी छ । यसमा सबैको ध्यान जाओस् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस