संविधान मात्र होइन, सोच नै विभेदकारी

April 22, 2016 मा प्रकाशित

अलिसा कोइराला /

Advertisement

आज स्पष्ट भयो, नेपालको संविधान मात्र विभेदकारी होइन, यहाँ त सोच नै विभेदकारी छ । २१ जना राजदूत नियुक्तिले स्पष्ट गरिएको छ ।

जति सुक्कै जे गरेपनि हामी खसआर्य त्यसमापनि विशेष गरी बाहुन पुरुषहरुको सोचमै विभेद स्वार्थ छ । मेरा अधिकांस जनजाति, आदिवासी, दलित, मधेशी, थारु साथीहरुले भन्ने गर्थे बाहुन स्वार्थी हुन्छ, विभेदकारी हुन्छ र म सधैव तिनीहरुलाई सम्झाउने गर्थे कि सबै होइन केही बाहुनहरु मात्र त्यस्ता छन् । दुइचारजनाको कारण सम्पूर्ण समाजलाई गलत भन्नु ठिक होइन तर आज मलाई तिनीहरुको सामना गर्ने आंट छैन ।

कुन मुखले भनु कि बाहुनहरु विभेदकारी छैन ? फेरी सम्झे नियुक्ति त दुइ–चार जना स्वार्थी र अत्याचारी साशक वर्गका नेताहरुले मात्र त गरेको हो । हाम्रा सम्पूर्ण खसआर्यलाई विभेदकारी भन्नु ठिक होइन होला, तर यति बेरसम्म कुनै पनि खसआर्यका नेता वा व्यक्तिले यस नियुक्तिको बिरोध गरेको देखिन ।

अतः दुईचार जनाले विभेद गर्यो भने बाँकी सबैले मौन भएर यस विभेदलाई समर्थन गरिरहेका छन् । अर्थात कोही प्रत्यक्ष विभेद गरिरहेका छन् भने कोही अप्रत्यक्षरुपले विभेद गरिरहेका छन् । विभेद गर्नु र विभेदलाई मौन समर्थन गर्नु, मौन भएर विभेदको लाभ उठाउनु यी सबै स्वार्थी र विभेदकारी नै हुन् ।

अन्संतुष्ट पक्ष विशेष गरि मधेसी थारु जनजाति हरुलाई सोध्न चाहन्छु ,तपाईहरुले संविधान संसोधन गराएर पनि के नै पाउनु हुनेछ ? यँहा त आफैले बनाएको विभेदकारी संविधान त पालना गरिरहेका छैन ? झन् समग्रको पहिचान ,हकअधिकार सम्पन्न संविधान आयो भने यिनीहरुले के मान्थ्यो होला र ?त्यसैले होला सबैको पहिचान हकअधिकार समान भएको संविधान ल्याउन नखोजिएको ? संविधान त संसोधन हुन सक्छन तर यो स्वार्थी एकलौटी विभेदकारी सोच को अन्त्य कसरि हुन्छ ?

जब अधिकांस बरिष्ठ पदहरुमा खसआर्यको वर्चस्वको बिरोध गर्दा हामी सबैले योग्यताको स्वाङ्ग झारछौ, हामी भन्ने गर्छौ बाहुनहरु विद्वान हुन्छन् । योग्य हुन्छन, परीक्षामा उतिर्ण हुन्छन् त्यही भएर अधिकांस पदमा हुन्छन रे । तर बन्द कोठामा कुनै योग्यता न जांचीकन सुटुक्क यस २१ जनाको नियुक्तिले स्पस्ट गरेको छ । नेपालमा वरिष्ठ पदमा हुनुको प्रथम योग्यता ठूलो पार्टीमा संग्लन हुनु पर्यो र दोश्रो योग्यता खसआर्य, त्यसमापनि विशेष गरी बाहुन पुरुष हुनुपर्यो ।

आफ्नो मेहनतले आर्जेको सैक्षिक योग्यतालाई आगोमा नस्ट गरे हुन्छ, यसको हाम्रो नेपालमा कुनै कदर छैन ।

नेपालमा समानुपातिक र समावेशी शब्दको अर्थ ८० प्रतिशत खसआर्य (बाहुन र क्षेत्री पुरुष) अनी बाँकी २० प्रतिशतमा महिला, दलित, जनजाति, आदिवासी, मधेसी–थारु हो भन्ने बुझ्नुपर्दछ ।

सानो–तिनो पदमा जनजाति, आदिवासी, मधेसी, थारु, दलित, महिला पिछडिएका पक्षलाई केही साधारणमा आरक्षण दिने, अनी अधिकांस वरिष्ठ पदमा लुकी–लुकी बन्द कोठामा सुटुक्क आफ्नो निकट बाहुन र क्षत्री पुरुषहरुको नियुक्ति गर्ने ।
अरुले बिरोध गर्छन कि भन्ने डरले आफ्नो निकट एक दुइजना पिछडिएका वर्गलाइ पनि दिने । झन् संसारलाई राष्ट्रपति, सभामुख जस्तो पदमा आफ्नो इशारामा नाच्ने आफ्नो निकटका गैर बाहुन क्षत्रीहरुलाई दिएर ढोंग गरेर संसारलाइ मुर्ख बनाउन खोज्ने ।

केही साथीहरुले भन्ने गर्थे, नेपालमा कुनै विभेद छैन, सबैलाई समान अवसर दिएको छ, म ती साथीहरुलाई आग्रह गर्दछु एकचोटी सबैले नियुक्ती भएको २१ जना राजदुतको योग्यता निरिक्षण गर्नु होला । नियुक्ति गर्ने शैली बुझ्नुहोस् अनी आफै थाहा पाउनुहुन्छ कि नेपालमा भेदभाव र विभेद छ कि छैन ?

बारम्बार आन्दोलन किन हुने गर्छन्, रक्तपात बिद्रोह किन हुन्छ ? यी सबै आन्दोलन, बिद्रोह, रक्तपातको मुख्य जडो यही हाम्रो एकलौटी राज गर्न खोज्ने स्वार्थी, विभेदकारी सोच नै हो ।

अब मलाई कतिले बाहुन समाजको कलंक पनि भन्ने छन् । बाहुन समाजको कलंक म होइन तपाईहरुजस्ता स्वार्थी विभेदकारी व्यक्तिहरु हुन् ।

एक समय थियो इतिहासमा बाहुन भनेपछि, दानी कर्मठ योगी भनेर चिनिन्थ्यो, अहिले त बाहुन बाजे लोभी, बाहुन स्वार्थी विभेदकारी सुन्नुपर्छ ।

एक समय थियो कुनै ठूलो पदमा नभएपनि बाहुन भने पछि आदरनीय, पुजनीय भनेर चिनिन्थ्यो तर आजभोलि जतिसुक्कै ठूलो पदमा भए पनि बाहुनलाई स्वार्थी, लोभी, विभेदकारी भनेर सरापिन्छ ।

आजभोलि तपाइँहरुको विभेद र स्वार्थको कारण लोभी र स्वार्थी र विभेदकारी बाहुनको पार्यवाची शब्द बन्न पुगेको छ । ब्राह्मणको ठूलो धर्म भनेको नै त्याग हो, समाजलाई अराजक अन्याय अत्याचार बिरुद्ध आवाज उठाउनु हो ।

आज म बाहुन समाजकै भएर पनि यस्तो स्वार्थयुक्त भेदभावको बिरोध गरेर समानताको पक्षमा बोलेर असल ब्राह्मण धर्मको पालना गर्दै छु । तसर्थ बाहुन समाजको कलंक म होइन विभेद गर्ने तपाईहरुजस्ता व्यक्ति र मौन भएर विभेदको लाभ उठाउने तपाईहरु जस्ता स्वार्थी बाहुनहरु बाहुन समाजका कलंक हुन् ।

चाहे मलाई गाली गर्नुहोस् वा मेरो विरोध गर्नुहोस म आफ्नो धर्म गर्दैछु र सधैव गरिरहने छु । मेरो धर्म अन्याय–अत्याचार–विभेदको बिरुद्ध बोल्ने र सत्य, समानता, न्यायको पक्षमा बोल्ने हो ।

धन्यवाद !!

अलिसा कोइरालाको फेसबुक पेजबाटalisha_koirala-225x300

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस