नेविसंघ झापामा उपसभापतिसहित ८ जना मनाेनित

October 26, 2019 मा प्रकाशित

FB_IMG_1572083332760

Advertisement

दमक ९, कार्तिक / नेपाल विद्यार्थी संघ झापाको बैठकले दुई उपसभापतिसहित कूल ८ जना विद्यार्थी नेतालाई मनोनित गरेको छ ।

संघका सभापति राजेन्द्र उप्रेतीको सभापतित्व र संघका तत्कालिन जिल्ला सभापति रोशन विष्टको प्रमुख उपस्थितीमा सुरुङगामा बसेको जिल्ला बैठक तथा शुभकामना आदनप्रदान कार्यक्रममा मनोनित नेताहरुको नाम सार्वजनिक गरिएको हो । संघको उपसभापतिमा संघका तत्कालिन जिल्ला कोषाध्यक्ष भवानी काफ्ले र जिल्ला सदस्य भुपेन्द्र थेवेलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी सहसचिवमा सुरज सुवेदी र मिलन चापागाइँ , वरिष्ठ जिल्ला सदस्यमा सहदेव भट्टराई, सदस्यहरुमा नवराज न्यौपाने, नविन खतिवडा, सञ्जय राई र आमन्त्रित जिल्ला सदस्यहरुमा सुलभसिंह गड्तौला र विपुल बाँस्तोलालाई मनोनित गरिएको संघका जिल्ला सदस्य विशाल अधिकारीले जानकारी दिनु भयो ।

संघले दिपावली तथा छैठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा निवर्तमान केन्द्रिय सदस्य निरज अग्रवाल, संघका कोषाध्यक्ष नवराज ढकाल, जिल्ला प्रवक्ता सञ्जय निरौला, जिल्ला सदस्य अशोक पाठक, स्ववियु सभापति देव ताजपुरीया , गौरादह नगर सभापति बाबुराम नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संघका जिल्ला सचिव नारायण नेपालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस