प्याव्सन र एनप्याव्सनको कार्यालयमा तालाबन्दी

May 3, 2016 मा प्रकाशित

बिर्तामोड २१ , वैशाख /  शुल्क बृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएको दुई बिद्यार्थी संगठनले प्याव्सन र एनप्याव्सनको कार्यालयमा सोमबारदेखि अनिश्चित तालाबन्दी गरेका छन् ।

Advertisement

मनोमानी ढङ्गले निजी बिद्यालयले शुल्क बढाएको भन्दै नेपाल बिद्यार्थी संघ र अखिल (क्रान्तिकारी) झापाले तालाबन्दी गरेको हो ।

क्रान्तिकारी अध्यक्ष रवि बस्नेत र नेबिसंघ कार्यवाहक सभापति राजेन्द्र उप्रेतीद्धारा जारी संयुक्त प्रेस बिज्ञप्तिमा आन्दोलनको कार्यक्रम अनतरगत सोमबार तालाबन्दी गरिएको उल्लेख छ । ती दुई संगठनले आइतवार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । यता  प्याव्सन झापाका अध्यक्ष मिलन ढुङ्गानाले बिद्यार्थीले उठाएको मागका बिषयमा मंगलबार बसेर छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस