गाैरादह नगरपालिकाकाे प्रशासकिय अधिकृतमा ओेझा

November 19, 2019 मा प्रकाशित

20191119_120809

Advertisement

गाैरादह ३, मंसिर/ गौरादह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खेमराज ओझा हाजिर भएका छन् । गौरादहमा पटक पटक विवाद, अपारदर्शीता र नकारात्मक चर्चाको पर्यायको रुपमा धुमिल परिचय बोकेको प्रमुख प्रशासकीय अधिकृत पदको चुनौती सामना गर्न ओझा कार्तिक २७ गते बाट आइपुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र, तथा राष्ट्रिय राजनीतिमा दख्खल राख्न सक्ने थुप्रै शक्ति केन्द्रहरुको गृह नगरमा जिम्मेवारी सम्हाल्न आइपुगेका ओझाले गौरादहको बिग्रिएको छबी सुधार गर्न सफल होलान ? चासो, चिन्ता र बहस सुरु भएको छ ।
ओझाको हाजिरी संगै सकारात्मक भन्दापनि नकारात्मक चर्चा सुरु भैसकेको छ । ओझालाई यो वा त्यो शक्ति केन्द्रले आफ्नो अनुकुल गर्न गराउन सरुवा ल्याएको र ओझा यो वा त्यो पार्टीको झोला बोक्ने गर्दछ जस्ता चर्चाले स्थान पाउनु राम्रो संकेत पक्कै होइन । गौरादह नगरपालिकाबाट संघीय सरकारमा अन्य नगरपालिकाहरुभन्दा बढी राजनीतिक नियुक्त र पहुँच भएको हुनाले कर्मचारीको सरुवा बढुवामा नेताहरुको नाम जोडिनु भने सामान्य कुरा पनि हो ।

सागर मिश्र सरुवा भएर रिक्त रहेको पदमा ओझाको हाजिरी नियमित र सामान्य प्रक्रिया हो । मिश्रलाई सरुवा गराएर उनी आएका होइनन् । बरु विवादित बनेको सो पदमा अन्य अधिकृतहरु आउन नमान्दै गर्दा ओझाले हिम्मत गरेर आएको सकारात्मक पक्ष पनि छ ।

खेम राज ओझा कर्मचारी बृत्तमा झापाकोलागि परिचित नाम हो । झापाको स्थायी बासिन्दा उनले झापा जिल्लामा तत्कालीन स्थानीय बिकास अधिकारी (एलडिओ)को जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । अनुभवका कारण ओझाको आगमन सगै गौरादहको बेथितिमा सुधारको आसा गर्न सकिने सम्भावना पनि त्यतिनै छ । अरु जस्तै गौरादहको बेथितिमा रमाउदै स्वार्थ पूर्तिकाका लागि शक्ति केन्द्र रिझाउने हुन वा कार्यपालिका र नागरिक प्रति उत्तरदायी बन्नेहुन उत्तिकै शंका पनि गर्न सकिन्छ ।

गौरादहमा अगाडिका प्रमुख प्रशासकीय अधिकृतले बिकास गरेका बेथितिहरु – कार्यपालिकाको बैठक सकिएको महिना दिन पछिसम्म पनि सदस्य सचिबले माइनेट नलेख्ने र पछि तोडमोड गरेर लेख्ने । मेयर र उपमेयर बीच दुरी बढाउने प्रपन्छ रच्ने । कार्यलयमा धेरै अनियमित हुने र नियमित कार्यसम्पादन प्रभावित गर्ने। निजी काममा कार्यलयको स्रोत साधनको दुरुपयोग गर्ने ।
केही जनप्रतिनिधि र अदृश्य शक्ति केन्द्र प्रति उत्तरदायी भइ कार्यपालिकालाई छायामा पार्ने । अपारदर्शी आर्थिक र प्रशासकीय गतिविधिमा रमाउने । कार्यलयलाई सूचना तथा सञ्चार मैत्री बन्न नदिने र सूचना लुकाउने । चालू खर्चमा असुहाउदो बजेट बिनियोजन गराइ मोज गर्ने । कार्यलय समयमा प्रमुख प्रशासकीय अधिकृतको कक्ष तथा कुर्सी भन्दा बाहिर बस्ने र सन्दर्भ भन्दा बाहिर ठट्टा शैलीबाट नागरिकका समस्या र गुनासालाई सतहीरुपमा लिने ।

सेवाग्राहीहरु र कर्मचारीहरु संग समेत आदरार्थी भन्दा पनि त र तिमी सम्बोधनले बोल्ने । सामाजिक सम्बन्धमा ध्यान नदिने । आसेपासे र चाकडी गर्नेहरु लाई झ्यालबाट बजेट छिराउने । कार्यलयका कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकन अनुगमनमा बेवास्ता गर्दै ठेकेदारहरु सग अध्यारा कोठाहरुमा रमाउने ।

कार्यलयको काममा जवाफदेहीता नहुने र राजनीतिक संरक्षणको तागतमा मनखुसी गर्ने प्रवृत्ति लगाएतबाट सुधार गरी नयाँ प्रमुख प्रशासकीय अधिकृत ओझा माथि उठ्न सकेको खण्डमा पक्कै सफल हुनेछन् । दुहबी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट फूलमाला अबिर लगाइ हासिखुसी सरुवा भएर गौरादह आइपुगेका ओझा पक्कै गौरादहका नागरिकको प्यारो बनेर कार्यकाल पूरागर्नेछन् आशा गराैं ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस