मन्त्रिमण्डल पुनर्गठनः को–को बने मन्त्री ? (सूचीसहित)

November 20, 2019 मा प्रकाशित

FB_IMG_1574292547272
काठमाडौं ५, कार्तिक / प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गरी मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन् । बुधबार राति मन्त्रिमण्डल पुनर्गठन भएको हो । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान सपथग्रहणको कार्यक्रम राखिएको छ ।
हृदयश त्रिपाठी, धनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त भएका छन् । यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् ।

Advertisement

त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । यसअघि मन्त्री रहेका लालबाबु पण्डितलाई हटाइएको छ । यस्तै भुसाल चक्रपाणि खनाललाई विस्थापित गर्दै कृषि तथा पशुपक्षी मन्त्री बन्न सफल भएका छन् ।
यसैगरी लेखराज भट्ट मातृका यादवलाई विस्थापित गर्दै उद्योग तथा बाणिज्य मन्त्री बन्न सफल भएका छन् भने रामेश्वर राय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न सफल भएका छन् । यसअघिका मन्त्री गोकर्ण विष्ट हटाइएका छन् ।
यसैगरी बसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा रघुवीर महासेठ हटाइएका छन् । यस्तै पार्वत गुरुङ महिला बालबालिका मन्त्री बन्दा थपमाया थापाको पनि ओली क्याबिनेटबाट बिदाइ भएको छ ।

यस्तै उपेन्द्र यादवको मन्त्रालय परिवर्तन भएको छ । उनलाई उपप्रधानमन्त्रीसहित कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै उपेन्द्रले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले तीन जना राज्यमन्त्री बनेका दुगड, रावत र मानन्धरले क्रमशः यद्योग बाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या र सहरी विकास राज्यमन्त्रीको जिम्मेवारी पाएको उल्लेख गरेका छन् ।

FB_IMG_1574292552634

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस