महाभारामा क्रिकेट प्रतियाेगिता सम्पन्न

January 12, 2020 मा प्रकाशित

44b4f9406fabe8fbf9cee6f41d26f418.0
कुन्जिवारी २७, पुस / गाैरीगंज गाउँपालिका वार्ड नं. १ कुञ्जिवारीमा वडा स्तरिय टि ट्वेन्टी ट्वन्टी क्रिकेट प्रतियाेगिता आज सम्पन्न भएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं १ काे खेल मैदानमा सम्पन्न फाईनल खेलकाे उपाधि साविक वार्ड नं ५ हाेकलवारीले हात पारेकाे छ । विजेता टिम साविक वार्ड नं.५ हाेकलवारीलाई नगद १० हजारसहित ट्रफी प्रदान गरिएकाे थियाे । प्रतियोगिता साविक वार्ड नं. २ र साविक वार्ड नं. ५ बीच क्रिकेट प्रतियोगिता भएकाे थियाे ।

Advertisement

862cfeccf44f419b57aed61e17ab60d2.0
गाैरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रममा वार्ड सदस्यहरू राजभक्त सुनुवार, टंक श्रेष्ठ, रेडक्रस साेसाईटि गाैरीगंजका अध्यक्ष कैलास मास्के, शिक्षक महासंघ जिल्ला समितिका सह सचिव हरि राजवंशी, खेलकुद समितिका अध्यक्ष मनाेज राईलगायतकाे सहभागिता थियाे । गाैरीगंज गाउँपालिका वार्ड नं. १ काे आयाेजनामा सम्पन्न भएकाे थियाे ।
616097279e2a55c7978a95815721a877.0

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस