‘यस म्यान’ राजवंशी नेताहरु

May 14, 2016 मा प्रकाशित

आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर समाज र देशका  लागि अहोरात्र चिन्तन गर्ने समाजिक परिवर्तन, उत्थान र विकास निर्माणमा प्रत्यक्षरुपमा निरन्तर लागि पर्ने व्यक्तिलाई हामी एउटा राजनीतिक व्यक्तिको रुपमा चिन्दछौ । सायद त्यसैलेहोला राजनीतिको परिभाषा  पनि यहि अनु्रुप गरिएको पाउँछौ । राजनीति  समाज उत्थानका लागि गरिन्छ । विकास निर्माणका लागि गरिन्छ । परिवर्तनका लागि गरिन्छ राजनीति, अनि समाज सुधारका लागि गरिन्छ  राजनीति । राजनीति देश र जनताको जीवनस्तर उकास्नका लागि गरिन्छ । राजनीतिको परिभाषाले पनि यहि भन्छ । तर हाम्रा राजवंशी नेताहरुको अबस्था हेर्दा  सौख र ‘टाइम पास’का लागि राजनीति गरेको जस्तो देखिन्छ । यदि यो कुरा सही हो भने राजवंशी समाजका लागि किमार्थ राम्रो कुरा होइन । यसले राजवंशी समाजलाई अद्योगतिर लान्छ । देश, समाज र जनतालाई सभ्य, उन्नत र प्रगतिशील बनाउन राजनीतिले अहम भूमिका खेल्दछ । पञ्चायतकालमा गोपाल चन्द्रसिंह राजवंशी मन्त्रि भएका थिए । त्यो राजवंशी समाजका लागि गौरवको कुरा थियो । तर, गोपाल चन्द्रसिंह राजवंशीले समाजको लागि के योगदान दिएर गएका छन् त ? त्यसको मुल्यांकन समाजले गरिरहेको छ । पहिलो सविधान सभामा राजवंशी सभासद् ६ जना भएका थिए । त्यसैगरी दोस्रो संविधान सभामा ४ जना भएका छन् । राज्य मन्त्री १ जना भए । यी बाहेक सत्तामा पुग्न थुप्रै राजवंशी नेताहरु पार्टीहरुको ‘यस म्यान’  भएर काम गरिरेहका छन् ।     उनीहरु सत्तामा भएका भेला राजनीति ‘सौख र टाइम पास’ का लागि गरेका रहेछन् । हाल उनीहरुको अबस्था र गतिविधि हेर्दा हामीलाई यही अनुभुत हुन्छ । उनीहरु दुलोमा पसेछन् । जो एकआध जना पार्टीको कार्यकर्ममा कहिलेकाही भुल्किन्छन् उनीहरु पनि पार्टीको गुणगान र हरे राम….. हरे कृष्ण….. बाहेक केही गाउँदैन ।  उनीहरु शिथिल  देखिन्छन् । निरीह देखिन्छन् । उनीहरु आफ्नो तवरबाट केही गरिरहेका होलान तर त्यो समाजको लागि अपुग छ । त्यसको मुल्यांकन पनि समाजले गरिरहेको छ । यहि यस्तै अबस्था रहिरहयो भने सभासद्हरुको नाम त इतिहासमा रह्ला तर उनीहरुको योगदानको कदर  राजवंशी समाजले कदापि गर्ने छैन ।  सभासद्हरु  अमृत राजवंशी, हरि राजवंशी, मिलन कुमारी राजवंशी, अम्बिका राजवंशी, पुर्व सभासदहरु पुर्णसिंह राजवंशी, मानसिंह राजवंशीलगायत छन् ।   उनीहरुको व्यक्तिगत जिवनकोबारेमा  आक्षेप वा टिका टिप्पणी गर्नु  यो लेखको कदापि उद्येश्य होइन । तर देश र जनताको एउटा सभासद्को हैसियतले उनीहरुको क्रियाकलापको लेखाजोखा गर्ने यो एउटा प्रयास मात्र हो ।  उनीहरु  समाजलाई डोर्याउने मुख्य भुमिका छन् र थिए । उनीहरुबाट राजवंशी समाजले धेरै आशा र अपेक्षा गरिरहेका छन् । ती आशा र अपेक्षाहरु मुर्तरुप दिन हाम्रा नेताहरुको भुमिका अहम् हुनुपर्छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस