गाैरीगंजमा राष्ट्रियपति रनिङ शिल्ड प्रतियाेगिता बालुवाडी खेल मैदानमा हुदै

February 24, 2020 मा प्रकाशित

20200224_181027
गाैरीगंज १२, फागुन / गाैरीगंज गाउँपालिका वार्ड नं. १ स्थित बालुवाडी खेलमैदानमा १२ औं राष्ट्रियपति रनिङ शिल्ड प्रतियाेगिता भईरहेकाे छ ।
गाैरीगंज गाउँपालिका स्तरिय भईरहेकाे छनाैट प्रतियोगिताकाे अाज संविधानसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिपक कार्कीले विधिवत उद्घाटन गरेका छन् ।
फागुन ११ गते देखि १३ गतेसम्म हुने प्रतियोगितामा गाैरीगंज गाउँपालिका भित्रका १२ वटा मावि स्तरिय सामुदायिक तथा संस्थागत विद्यालयहरू भाग लिएका छन् ।
प्रतियाेगितामा भलिवल, कबडि, एथलेटिक्स अन्तर्गत हाईजम्प, लङ्जम्प, त्रिपलजम्पलगायत १५ वटा विधामा छात्र तथा छात्राहरूलाई सहभागी गराईएकाे बालकल्याण माविका प्रअ तथा प्रतियाेगिता छनाैट समितिका सदस्य सचिव भिमप्रसाद काेइरालाले बताए । प्रतियाेगितामा विजेता टिमलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार दिईने जनाइएकाे छ भने विजेता टीमहरूलाई जिल्ला स्तरिय हुने प्रतियाेगितामा सहभागी गराईनेछ । वार्ड नं. १ स्थित बाल कल्याण माविमा प्रतियाेगिता गराउने भनिए पनि खेल मैदान फराकिलाे नभएका कारण वालुवाडी खेल मैदानमा प्रतियोगिताहरू सञ्चालन भईरहेका छन् ।
गाैरीगंज गाउँपालिकाकाे ससर्त अनुदानकाे १ लाख रूपैयाँ र गाउँपालिकाबाट दिईने २ लाख गरि जम्मा ३ लाख रूपैयाँकाे बजेटबाट सञ्चालित प्रतियोगिताकाे उद्घाटन कार्यक्रमकाे अध्यक्षता गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गरेका थिए । गाैरीगंज गाउँपालिकाे अायाेजनामा भईरहेकाे कार्यक्रममा विशिष्ट अतिथि गाैरीगंज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, शिक्षा शाखा प्रमुख सुशील दाहाल, गाैरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी , वडा नं. २ का अध्यक्ष अग्नु राजवंशी, कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्यहरू जानुका गाैतम, राजभत्त सुनुवार, टंक श्रेष्ठ, भीम राजवंशी, शिक्षा अधिकृत केशव भट्टराई , नेकपाका गाउँकमिट अध्यक्ष विद्यानन्द राजवंशी, नेकाका गाैरीगंज उपसभापति दिनेश्वर राजवंशी, नेपाल शिक्षक महासंघका गाैरीगंज अध्यक्ष हरिलाल यादव, नेपाल शिक्षक संघ गाैरीगंजका अध्यक्ष गाेपाल प्रसाद ताजपुरिया, नेपाल शिक्षक महासंघ जिल्ला सदस्य कुमार भण्डारी, नेपाल शिक्षक महासंघ जिल्ला सदस्य हरि राजवंशी, युवा तथा खेलकुद जिल्ला समिति सदस्य मनाेज कुमार राई, खजुरगाछी माविका प्रअ गहेन्द्र विक्रम साह, गाैरीगंज माविका सहायक प्रअ कर्मा शेर्पा, युनिभर्सल एकाडमीका प्रअ कमलेश्वर राजवंशी, मुनलाइट एकाडमीका प्रअ विजय सिंह, जेष्ठ नागरिक संघका निर्मला दाहाललगायतकाे सहभागीता थियाे ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस