४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सन्थाल जातिको क्षमता अभिवद्वि सम्वन्धि तालिम सम्पन्न


१६ चैत्र २०७२, मंगलबार  

0
Shares

santhal1

विर्तामोड १६, चैत / सन्थाल जातिको सांस्कृतिक महत्वको संरक्षणका लागि विर्तामोड नगर क्षेत्रका सन्थाल अगुवाहरुको क्षमता अभिवृद्धि सम्बन्धी एक दिवसिय तालिम कार्यक्रम आज( मंगलवार) विर्तामोडमा सम्पन्न भएको छ ।
जिल्ला विकास समिति झापाको सहयोगमा विराट सामुदायिक अध्ययन केन्द्र विर्तामोड–९, सैनिकमोड, झापाद्वारा आयोजित सो तालिम कार्यक्रममा करीव ९० जना सन्थाल महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।  विर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्रप्रसाद वस्तीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता संस्थाका सचिव रुद्र सिटौलाले गर्नु भएको थियो । संस्थाको आफ्नै भवन सैनिकमोडमा आयोजित सो कार्यक्रममा सन्थाल अगुवाहरु रमेश मुर्मु, प्रकाश मुर्मु, प्रमुख अतिथि रविन्द्रप्रसाद वस्ती, रुद्र सिटौला लगायतले बोल्न्ु भएको थियो । सो एक दिवसिय तालिम कार्यक्रममा प्रशिक्षकद्वय रघु हास्दा र चण्डुलाल मुर्मुले सहजीकरण गर्नु भएको  संस्थाका कार्यक्रम व्यवस्थापक अर्जुन पाठकले बताउनुभयो  ।

प्रकाशित मिति : १६ चैत्र २०७२, मंगलबार  ८ : ३७ बजे