झापा कांग्रेसमा ६ जना आमन्त्रित जिल्ला सदस्यमा मनाेनित

September 30, 2020 मा प्रकाशित

विर्तामोड १४, असाेज  / नेपाली कांग्रेस झापाले आज ६  जनालाई आमन्त्रित जिल्ला सदस्यमा मनोनित गरेको छ । विभिन्न समयमा वेग्लावेग्लै पार्टी परित्याग गरी पार्टीमा प्रवेश गरेका र नेपाली कांग्रेस केन्द्रिय समितिको निर्णय बमोजिम क्रियाशिल सदस्यता प्राप्त गरिसकेका तथा विदेशी भूमिमा रहेर पनि नेपाली कांग्रेस झापालाई सहयोग पुरयाएका ६ जनालाई आमन्त्रित जिल्ला सदस्यमा मनोनयन गरेको छ । यसैगरी २ जनालाई सल्लाहकार सदस्यमा मनोनयन गरिएको छ ।

Advertisement

घनश्याम चौधरी, महेन्द्रभूषण शाह, पदमप्रसाद प्रसाई, चन्द्रप्रसाद गिरीलाई मनोनित गरेको हो । यसैगरी अमेरिकाको लस एन्जल्समा बस्दै आएका मदन पाठक र डेनमार्कमा बस्दै आएका गोविन्द पौडेललाई आमन्त्रित जिल्ला सदस्यमा मनोनयन गरिएको नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले जानकारी दिए । त्यस्तै कांग्रेस झापाको सल्लाहकारमा कमल गाउँपालिका निवासी दिलिपकुमार राई र भद्रपुर निवासी विश्वनाथ श्रेष्ठलाई मनोनयन गरिएको छ । राई र श्रेष्ठ राप्रपा परित्याग गरी हालै कांग्रेसमा प्रवेश गरेका केन्द्रियस्तरका नेता हुन ।
यसैबीच जिल्ला पार्टी कार्यालयमा बुधबार आज आयोजित कार्यक्रमका बीच आमन्त्रित जिल्ला सदस्यमा मनोनित चौधरी र शाहलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले मनोनयन पत्र प्रदान गर्दै स्वागत गरेका छन । कार्यक्रम नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस