६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

गाैरादह -७ फकिढिपबाट २ जना जुवाडेे पक्राउ


२१ पुस २०७७, मंगलबार  

0
Shares

गौरादह २१, पुस / झापाको गौरादह नगपालिकाबाट जुवातास खेल्दै गरेको अवस्थामा दुई जना ब्यक्ति पक्राउ परेका छ्न ।
गौरादह नगरपालिका वडा नं. ७ फकिढिपमा जुवातास खेल्दै गरेको अबस्थामा जीवन उप्रेती र लक्ष्मी प्रसाईं पक्राउ परेका हुन् ।
फकिरढिप देखि केहि उत्तर तर्फ रहेको बास झ्याङमा आइतबार राति करिब ११:०० बजेतिर तास खेल्दै गरेको अबस्थामा उनीहरू पक्राउ परेको ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिएका छ्न् ।
बिशेष सूचनाको आधारमा प्रहरीको टोलिले उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीलाइ देखेर अन्य केही ब्यक्तिहरु भने भागेका थिए ।
उनीहरूबाट नगद १५ पन्द्र हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ ।
उनीहरूलाई अदालतबाट ५ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको जानकारी ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १० : ११ बजे