५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

सातौं जन्मोत्सवको अवसर पारेर सेनेटरी प्याड र आर्थिक सहयोग प्रदान


२१ पुस २०७७, मंगलबार  

0
Shares

दमक/ बोलोचोक विकास समिति मार्फत स्थानीय राजबीर साहको सातौं जन्मोत्सवको अवसर पारेर आज मंगलबार शिवसताक्षी ४ मा ६०० सेनेटरी प्याड वितरण गर्नुका साथै एक जना दृष्टिबिहिन बृद्धलाई आर्थिक सहयोग गरिएको छ । विपन्न महिलालाई लक्षित गरेर प्याड वितरण गरिएको हो ।

त्यस्तै ७० बर्षिय दृष्टिबिहिन सियाराम महतोलाई एक बर्ष सम्म मासिक एक हजार रुपैयाँका दरले नगद सहयोग गरिएको समितिका अध्यक्ष डा. धर्मेन्द्र कुमार साहले जानकारी दिए । सो अवसरमा शिवसताक्षी ४ की वडा सदस्य सरिता लकान्द्री, माहाभारा स्वास्थ चौकीकी ल्याब असिस्टेन्ट सुनिता महतो, स्थानीय टिका पाठक, पर्शुराम महतो लगायत सहभागि थिए ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ३ : १३ बजे