२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

गाैरीगंज -१ द्वारा ८५ वर्ष भन्दा बढी उमेरका जेष्ठलाई न्यानाे कपडा वितरण


७ फाल्गुन २०७७, शुक्रबार  

0
Shares

गाैरीगंज ७, फागुन / गाैरीगंज गाउँपालिका वार्ड नं. १ ले विहिवार न्यानाे कपडा वितरण गरेकाे छ ।
वार्ड कार्यालयले वार्ड भित्रका ८५ बर्ष भन्दा वढी उमेरका जेष्ठ नागरिक, असक्त र पुर्ण अपांग व्यक्तिलाई कम्बल र सिरक वितरण गरेकाे हाे ।
आर्थिक वर्ष २०७७/७८ काे वार्ड सिलिङ्ग वजेटकाे १ लाख ६० हजार रूपैयाँबाट ९५ जना जेष्ठ, अशक्त र पुर्ण अपांगलाई कम्बल र सिरक वितरण गरिएकाे वार्ड नं. १ का अध्यक्ष कार्तिक लाल राजवंशीले जानकारी गराएका छन् । न्यानाे कपडा वितरण कार्यक्रममा वार्ड अध्यक्ष कार्तिक लाल राजवंशी, वार्ड सदस्यहरू टंक श्रेष्ठ, राजभक्त सुनुवार, जानुका गाैतम, सुनिता पासवान , भिमप्रसाद राजवंशी, वडा सचिव भाेजकुमार , प्राविधिक सन्ताेष ढकाललगायतकाे सहभागिता थियाे ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ३ : २६ बजे