८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

बंगाली समाज एकजुट हुँदै, गाैरादहमा समिति गठन



गाैरादह १७, असाेज / नेपाल राष्ट्रिय बंगाली समाज गौरादह नगर समिति गठन गरिएको छ । गौरादहमा आइतबार बंगाली समुदायको एक भेलाले सर्वसम्मत रूपमन जवा चक्रवर्तीको अध्यक्षतामा गौरादह नगर समिति गठन गरेकाे हाे । भेलाले समितिको सचिवमा आशिष स्वर्णकार, सहसचिवमा चन्दन मण्डल र कोषाध्यक्षमा प्रतिभा चक्रवर्तीलाई चयन गरेकाे छ ।
त्यस्तै समितिको सदस्यहरूमा रामलाल मण्डल, गोविन्द मण्डल, मानिक मण्डल र शीतल मण्डल चयन भएका छन् ।

उपाध्यक्ष लगायत अन्य सदस्यहरूलाई नगर समितिको बैठकले क्रमशः चयन गर्नेछ ।
। रञ्जित चक्रवर्ती (भोला)को अध्यक्षता तथा नेपाल राष्ट्रिय बंगाली समाजका केन्द्रीय सदस्य अनुप रायको प्रमुख आतिथ्यमा भएको भेलामा सञ्जय सरकार, तापोस् दत्त, गोविन्द मण्डल, आशिष् स्वर्णकार, प्रतिभा चक्रवर्ती लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

केन्द्रीय समितिले देशभर छरिएर रहेका बंगाली समुदायको हक अधिकार सुनिश्चितताका लागि बंगाली आयोग गठनका लागि अहिले राष्ट्रव्यापी अभियान थालेको छ । सोही अभियान अनुसार जिल्लाको भद्रपुर, बिर्तामोडपछि गौरादहमा नगर समिति गठन गरेको हो । अब जिल्लाका स्थानीय तहहरूमा समिति गठन गर्नुका साथै जिल्ला समिति गठन गर्ने अभियानलाई तीव्रता दिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १ : ५६ बजे