८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

अध्यक्ष राजवंशी राहतकाे ‘पाेकाे’ लिएर पिडितकाे घरमा आफैं पुगिन्



गाैरीगंज १६, असार / तीन दिनको बर्षाले गाैरीगंजको विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि पिडित परिवारलाई राहत वितरण गर्न गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी आफैं दौडिएकी छन् ।

बाढी पिडितको उद्दार तथा राहतमा आफैं राहतको ‘पोको’ बोकेर बाढीपिडितका घरमा पुगेकी हुन् ।

विपत्तिबाट आफ्नो क्षेत्रका सयौं नागरिक आक्रान्त भएपछि बुधबार अध्यक्ष राजवंशीले डुवानमा परेका नागरिकहरूलाई तत्कालका लागि चाउचाउ, भुजा, चिउरा, चामल, दाल, नुन, तेल, अालुलगायतका खाद्यान्न लिएर राहत वितरण गरिन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ४ बेलगाछीका बाढीबाट प्रभावित करिब २७ घर परिवारलाई भेटेर भुईमा अाेछ्याउने म्याट, चामल, दाल, नून, अालु, तेललगायतका खाद्यान्न सामाग्री वितरण गरेकी थिईन् । उनीहरू स्थानिय सामुदायिक विद्यालय राष्ट्रिय प्राथमिक विद्यालय कदमगाछीमा अाश्रय लिएर बसेका छन् ।
त्यसैगरी नेपाल रेडक्रस साेसाईटी झापासँग समन्वय गरेर प्राप्त स्वास्थ राहत सामाग्रीहरू अध्यक्ष राजवंशीले बाढी पिडितलाई वितरण गरेकी थिईन ।
उनले रेडक्रस साेसाईटीबाट प्राप्त ५० थान त्रिपाल, ११ वटा लाईफ ज्याकेट, ७५ थान स्वास्थ्य सामाग्रीकाे झाेलालगायत अाज विहिवार वितरण गर्नुे बताईन् । अाज विहिवार विपद् व्यवस्थापन समितिकाे बैठक बसि बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गर्ने याेजना रहेकाे अध्यक्ष राजवंशीले जानकारी दिईन् । बाढीबाट प्रभावित परिवारलाई राहतका लागि सम्पुर्ण खाद्यान्नकाे व्यवस्थापन गरिसकिएकाे उनले जानकारी दिईन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ८ : ३० बजे