२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

गाैरीगंजकाे दन्तकाली मन्दिरकाे पाँचाै साधारणसभा सम्पन्न, गाैरीगंजकै नमुना काली मन्दिर



गाैरीगंज १७, भदाै / गाैरीगंजस्थित दन्तकाली मन्दिर व्यवस्थापन समितिले मन्दिरकाे पाँचाै वार्षिक साधारण सभा आज सम्पन्न गरेकाे छ ।
मन्दिर परिसरमा सञ्चालन गरिएकाे साधारणसभामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद राजवंशीले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा ८ लाख ८४ हजार ५ सय ४९ रूपैयाँ आम्दानी खर्च रहेकाे सार्वजनिक गरेका थिए ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का पुर्व वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मखना महताेले साधारणसभाकाेे उद्घाटन गर्दै मन्दिर व्यवस्थापन तथा निर्माणका लागि चाहिने आवश्यक सहयाेग सदैव गर्ने बताए ।  उनले वडा अध्यक्षकाे पहिलाे कार्यवर्षमा १ लाख, दाेस्राे वर्ष २ लाख, तेस्रो वर्ष ३ लाख ५० र चाैथाे कार्यकालमा अार्थिक वर्षमा ३ लाख ५० गरि जम्मा १० लाख रूपैयाँ मन्दिर निर्माणमा वार्ड कार्यालयले बजेट विनियोजन गरेकाे वडा अध्यक्ष महताेले बताए ।
मन्दिरका लागि भजन किर्तन हल, हवन गृह निर्माण, वाद वादन सामग्री खरिदमा पनि आवश्यक सहयाेग गर्ने प्रतिवद्वता जाहेर गरेका थिए ।
समितिले मन्दिरकाे टायल ओछ्याउने कार्य कुशलता पुर्वक सम्पन्न गरेकाे छ ।
कार्यक्रममा वार्ड सदस्य गंगा प्रसाद राजवंशी र सुशील राईले गाैरीगंजकै नमुना मन्दिर काली मन्दिर भएकाेले यसलाई संरक्षण गर्नु सबैकाे कर्तव्य हाे भन्दै वार्डबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्वता जाहेर गरेका थिए । कार्यक्रममा मनका धनी एक समाजसेवी बाट प्राप्त व्याग आजीवन सदस्यका नाती नातिनीहरूलाई वितरण गरिएकाे थियाे भने आजीवन सदस्यता लिने सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरिएकाे थियाे ।
कार्यक्रममा समाजसेवी ज्ञान बहादुर कार्की , पुर्व गाविस अध्यक्ष तथा समाजसेवी विश्वराज रिजाललगायत आजिवन सदस्यहरूकाे उपस्थिति थियाे भने कार्यक्रमकाे सञ्चालन सचिव रामनारायण दासले सञ्चालन गरेका थिए ।

पहिलो साधारण सभाले ५ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको थियाे । जसमा मखना महतो, श्रवण गिरी, बिश्वराज रिजाल ,तिलक राजवँशी र गोपाल ताजपुरिया रहेका छन् ।

गाैरीगंजकै नमुना मन्दिर – दन्तकाली मन्दिर

साबिकको गौरीगञ्ज वडा नं. ५ र केहि अन्य वडाका जग्गाहरु श्री दन्तकाली मन्दिर गुठी बिजयपुर धरानको नाममा श्रेस्ता कायम रहेको र सो जग्गाका उल्लेखित वडाका रैतिहरुबाट मालपोत बर्षेनी गुठियारहरुबाट गसै गौरीगञ्ज गाबिस वडा नं. ५ मै बसि वसुल उपर गर्ने गरेकोमा सोहि मन्दिरको सम्झना स्वरुप २०११ सालमा यस मन्दिरको स्थापना भएको थियो । लामो समय सम्म परालको छाप्रोमा सिमित यस मन्दिरलाइ २०५८ सालमा तत्कालिन गाबिस अध्यक्ष देवी प्रसाद राजवंशीको अगुवाइमा हरिलाल राजवंशीको अध्यक्षतामा समिती बनाइ जिर्नोद्वार गरिएको थियो भने ३०६५ सालमा सो समिती बवगठन गरि मखना महतोको अध्यक्षतामा नयाँ समिती बनाइएको थियो । यहि नयाँ समितीले २०६८ सालमा धान्याञ्चल महापुरानको आयोजना गरि करिव १३ लाख रुपैया आर्थिक सँकलन गरेका थिए । सो रकम बाट हाल आधुनिक डिजाइनको मन्दिर निर्माण गरिएको छ ।

२०६९ साल भदौ ११ गते जिप्रका झापामा सँस्थाका रुपमा दर्ता भएको सो मन्दिरलाई आधुनिक डिजाईनमा निर्माण गरि मन्दिर परिसरमा टायलसमेत ओछ्याईएकाे छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ९ : ३८ बजे