४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही गर्ने


१९ चैत्र २०७२, शुक्रबार  

0
Shares

 

 

 

 

 

 

 

kkk

 

 

 

झापा १९, चैत /  झापामा ठेकेदारको लापरवाहीले विकास निर्माणमा ठिलासुस्ति भएको उजुरी बढेपछि जिल्ला प्रशासन कार्यलयले त्यसता ठेकेदारविरुद्व  कारवाही  प्रक्रिया अघि बढाउने भएको छ ।
जिल्लामा निर्माणका चरणमा रहेका अपूरा र अधुरा विकास निर्माणका योजनाहरुलाई तत्काल पूरा  गराउने उद्देश्यले सर्वदलीय तथा सर्वपक्षीय छलफल गरी ठेकेदार कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाउने भएको हो ।
जिल्ला प्रशासन कार्यलय झापामा यस वर्ष विकास निर्माण कार्यमा सम्झौता गर्ने तर समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारवाही गर्नुपर्छ भन्ने झापाबासीको उजुरी तथा गुनासाहरुलाई समेट्दै प्रशासन कार्यालय झापाले जिल्लास्थित राजनीतिक दल, पत्रकार, निर्माण व्यवसायी, नागरिक समाजका अगुवा तथा सरोकारवाला कार्यालयका प्रमुखहरुसांग छलफल गरेको हो ।
जिल्लाभरि स्वीकृत भएका तर काम पूरा नभएका बहुचर्चित योजनाहरु चारआली—केचना सडक खण्ड, मेची पूल, मेची तटबन्ध, पूर्वपश्चिम हुलाकी मार्ग, देवनिया खोलाको पूल, जीपी स्मृति भवन निर्माण कार्यका बारेमा छलफल भएको जनाइएको छ ।
जिल्लास्थित विभिन्न खोला तथा नदीहरुमा निर्माणाधीन अवस्थामा रहेका विभिन्न पूल तथा भवनहरु वर्षौदेखि निर्माण कार्य अधुरै छोडिएको भन्दै सरोकारवालाले निर्माण कम्पनी र नियामक निकायका प्रतिनिधिहरुलाई कामको अवस्था र सुस्तताबारे प्रश्न गरेका थिए ।
बैठकका सहभागीहरुले निर्माणको जिम्मेवारी लिएका ठेकेदारहरुले सुरुवात गर्दै काम अलपत्र पारेर छोड्ने गरेका योजनाहरुलाई तत्काल पूरा गर्नु पर्ने र काम पूरा नगर्ने  ठेकेदारहरुलाई कारवाहीको दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय झापालाई अग्रहसमेत गरे ।
सहभगीका गुनासाहरु सुनेपछि प्रमुख जिल्ला अधिकारी मदन भुजेलले अधुरा र अपूरा विकास निर्माणका योजनाहरुलाई तत्काल पूरा नगर्ने ठेकेदारहरुलाई कुनै पनि रकम निकासा नगर्न सम्बन्धित कार्यालयहरुलाई  निर्देशन दिादै अधुरा काम गर्ने र पूरा नगरी छोडेर हिड्ने ठेकेदारहरुलाई कारवाहीको प्रक्रियामा लैजान सक्दो प्रयास गरिने जानकारी दिए ।
स्थानीय विकास अधिकारी खेमराज ओझाले ठेकेदारहरुले विकास निर्माणका योजनाहरुलाई सामान्यरुपमा सम्झन नहुने भन्दै काम पूरा गरेर आउने ठेकेदारको रकम जिल्ला विकास समितिले कहिल्यै नरोक्ने  बताए ।
जनगुनासाहरुको जवाफ जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जीनियर सुशिल श्रेष्ठ, इन्जीनियर चन्दप्रकाश चापागाईं, हुलाकी सडकका इन्जीनियर उपेन्ऽ दास, डिभिजन सडक कार्यालय दमकका इन्जीनियर शम्भुप्रसाद आचार्यलगायतले स्पष्टीकरण दिएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७२, शुक्रबार  ३ : ५७ बजे