३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

प्रदेश सरकारद्वारा गौरीगंज गाउँपालिकालाई करिब २ करोड ४८ लाख २५ हजार रुपैयाँ बजेट



गौरीगंज १९, असोज / कोशी प्रदेश सरकारले गौरीगंज गाउँपालिकालाई करिब २ करोड ४८ लाख २५ हजार रुपैयाँ बजेट छुट्टाएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकारले गौरीगंज गाउँपालिकाले प्रस्ताव गरेको कार्यक्रम र परियोजना अनुसार बजेट छुट्टाएको हो ।


प्रदेश सरकारले गौरीगंज गाउँपालिका वार्ड नं. ३ मा बधस्थल निर्माणका लागि १० लाख, गौरीगंज गाउँपालिका वार्ड नं. १ को महाभारा खेलमैदानका लागि ४० लाख, गौरीगंज अस्पतालका लागि उपकरण र औजार खरिदका लागि २० लाख, गौरीगंज माविलाई नमुना विद्यालय विकास कार्यक्रमका लागि ३५ लाख, गौरीगंज गाउँपालिका वार्ड नं. ६ मा स्यालो ट्युवेल तथा मोटर जडान कार्यक्रमका लागि २० लाख, गौरीगंज बहुमुखी क्याम्पसलाई ७ लाख, बालविवाह विरुद्वको प्रदश रणनीति कार्यान्वयन अभियानका लागि ५ लाख, लैंङ्गिक हिंसा निवारणका लागि स्थानिय तहमा संरक्षण कोष संचालनका लागि ५० हजार, पशुपंक्षी खोपका लागि लजिष्टक खरदि तथा प्राविधिक पारिश्रमिक खर्चका लागि ४ लाख, स्थानिय तहहरुसंगको साझेदारीमा विभिन्न दलित, आदिवासी जनजाती र सिमान्तकृत महिलाहरुका लागि आर्थिक आत्मनिर्भर कार्यक्रका लागि ५ लाख रुपैयाँ, स्काउट विकास कार्यक्रमका लागि बालकल्याण मावि गौरीगंज १ लाई स्काउट विकास कार्यक्रमका लागि अनुदान १ लाख, वालविवाह अन्त्यका लागि किशोरी सशक्तिकरण कार्यक्रमका लागि ७५ हजार रुपैयाँ शसर्त अनुदान अन्तर्गत बजेट छुट्टाएको छ ।
त्यसैगरी प्रदेश सरकारले समपुरक अनुदान अन्तर्गत छहारी चौक चिल्हारा चौक हुदै जनता चौक सम्मको सडक कालोपत्रे आयोजना क्रमागत ५० लाख रुपैयाँ, एनसेल टावर देखि वगाह चौधरीसम्मको बाटो कालो पत्रे निर्माणका लागि ५० लाख रुपैयाँ वजेट छुट्टाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १० : ३५ बजे