२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

सहकारीको सुशासन तथा वित्त व्यवस्थापन सम्बन्धि २ दिने गौरीगंजमा तालिम



गौरीगंज १५, वैशाख / गौरीगंज गाउँपालिकाको आयोजनामा २ दिने सहकारी संस्थाको सुशासन र वित्तिय व्यवस्थापन तालिम सम्पन्न भएको छ । गौरीगंज गाउँपालिकाको सभा हलमा वैशाख १३ र १४ गते सम्पन्न तालिममा गौरीगंज भित्रका सहकारी संस्थाहरुको प्रतिनिधीहरुको सहभागिता थियो । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारीको विद्यमान समस्या, चुनौती र समाधानको उपाय, वित्तीय साक्षरता, वित्तीय पहुँच एवं वित्तीय समावेशीकरण, महिला सशक्तीकरण, लोकतान्त्रिक अभ्यास एवं सामाजिक पूँजी निर्माणबारे अन्तरक्रियात्मक तालिम भएको थियो । जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुन दंगालले सहजिकरण गरेको दुई दिने तालिममा सहकारी संस्थाको सुशासन, व्यवस्थापन र प्रवद्र्वन सम्बन्धीसमेत जानकारी गराइएको थियो । तालिमको उद्घाटन कार्यक्रममा गौरीगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम थापा, स्थानिय सहकारी वोर्डका सदस्य सुशिल राई, प्रशक्षिक अर्जुन दंगाललगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन नारायण प्रसाद चँदाराले गरेका थिए ।
सहकारी संस्थाप्रति विश्वासको संकट पैदा गरी अनर्गल प्रचार गरिएका कारण पछिल्लो समय यो व्यवसायमा संकट उत्पन्न भएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ८ : २९ बजे