२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मैले निर्वाचन जितिसकेको महसुस गरेको छु : खगेन्द्र पाण्डव अधिकारी


८ मंसिर २०७४, शुक्रबार  

0
Shares

Khagendra1

आगामी मंशिर २१ गते हुने निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाको लागि नेपाली कांग्रेसका उम्मेद्वार खगेन्द्र पाण्डव अधिकारीलाई पाँच प्रश्न ।

१) तपाईंको उम्मेद्वारी किन ?

पहिलो कुरा त म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहेको मान्छे । मेरो जिवनस्तर रामै्र संग चलेको थियो । आर्थिक रुपमा कमजोर परिवार बाट हुर्किए पनि अहिले राम्रै जिवन जिउन मलाई समस्या थिएन । अझ म विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडा माथि विद्यावारिदि गरेको मान्छे बिदेशमा गएको भए ५¬६ लाख रुपैयाँ महिनाको आम्दानी गर्न सक्थें । तर मेरो जिवनस्तर मात्रै माथि उठेर भएन । म संगै हुर्किएका अन्य साथिहरु । मेरो गाउँका अन्य समुदायको वअस्था माथि उठेको छैन । मुलुकको भौतिक रुपमा बिकाश भए पनि पिच बाटोमा खालि खुट्टाले हिँड्नु पर्ने नागरिकहरु बाध्यता हुँदा सम्म कसरी मुलुकको बिकाश भयो भन्ने ?

फेरी यस क्षेत्रका नागरिकहरुले पटक पटक कम्युनिष्टहरुलाई भोट दिएकै हुन् तर त्यसको बदलामा के पाए त यस क्षेत्रका नागरिकहरुले । बिकाश के कति भयो ? यी र यस्तै कुराले मलाई भित्रै देखी पिरोल्यो र मुलुकको चिन्ता, नागरिकहरुको चिन्ताले गर्दा मेरो व्यक्तिगत सुखसयललाई छोडेर म राजनितिक मार्पmत मुलुकलाई परिवर्तन गर्छु भनेर निर्वाचनमा आएको हो । म झण्डै १८ बर्ष सरकारको नोकर भएर काम गरें अब जनताको नोकर बन्नको लागी आएको छु ।

२) मुलुकका पुर्व प्रधानमन्त्री भैसकेका हेविवेट उम्मेद्वार संग प्रतिस्पर्धा गर्न आउनु भयो नी डर लागेको छैन ?

किन डराउनु र म ? वहाँ हेर्दै डरलाग्दो सिङ, दाह्रा पलाएको, देख्दै खाईहाल्ने त हुनुहुन्न । समान्य मानिस संग किन डराउनु ? डर त वहाँले मान्नु पर्ने हो । २१ बर्ष अघि देखी उहाँलाई जिताउँदा पनि आजको चुनावमा पनि वहाँका बिकाशका मुद्धा एउटै छन् । यस अघि नागरिकसंग गरेका वाचाहरु जस्ताको तस्तै छन् । तिनको जवाफ नागरिकलाई के दिने भन्ने डर चाहिँ वहाँलाई हुनुपर्ने हो । बरु मलाई जनताको भने डर लागेको छ । मेरा कुराहरु यो छोटो समयमा जनता समक्ष पुर्‍याउन नसक्नेपो हुँ की ? जनताले भनेको मैले नबुझ्ने अथव मैले भनेको जनताले नबुझ्ने हुन् की भन्ने डर चाहिँ छ ।

तर अहिले त्यो अवस्था पनि हट्दै गएको छ । बिगत झण्डै एक महिना देखी म निरन्तर नागरिकहरु संग अन्तर्कि्रयामा छु । यस क्षेत्रका नागरिकहरुले परिवर्तन चाहेको पाएको छु । यस क्षेत्रलाई नेतृत्व दिन सक्ने बौद्धिक बर्गलाई छान्नु पर्छ भन्ने नागरिकहरुको अभिमत रहेको छ । फेरी अर्को कुरा तपाईंले हेभि वेट भन्नु भयो हेविवेट कसलाई भन्ने । जिर्ण भैसकेको लड्न लागेको घरलाई तिन तिर बाट टेको लगाएर थमेजस्तो हंसिया हथौडा र गाईको दुई तिर टेको लगाएर उब्बिएको उम्मेद्वारलाई कसरी हेवि वेट भन्ने ? त्यसैले यस क्षेत्रका सबै नागकिरहरुको परिवर्तनको आकांक्षाले मेरो जित निश्चित देखिरहेको छु ।

३) तपाईंलाई मत चाहिँ किन दिनु त ?

मुख्य कुरो त अहिले बाम गठबन्धनको नाउँमा लोकतन्त्रलाई संकटमा पारिंदैछ । प्रजातन्त्रको बिकल्प पनि छ भनेर गठबन्धनका शिर्ष नेताहरुबाटै कुराहरु आउनुले बाम गठबन्धन साम्यमाद ल्याउनको लागि हो भन्ने प्रस्ट हुन्छ । त्यसैले लोकतन्त्रको रक्षाको लागि, प्रजातन्त्रको रक्षाको लागि कांग्रेसलाई भोट दिनु पर्छ । दोस्रो कुरा भाषण र अभिव्यक्तिमा उखान टुक्का र चुट्कीला भनेर चटकेले झैं एक क्षण हसाउँनु भन्दा नगरिकहरुको आवस्यकताहरुलाई परिपुर्ति ल्याउनु साथै मुलुकलाई समृद्धिमा लगेर नागरिकलाई सधैंभरी हँसिलो बनाउनु एक सच्चा नेताको कर्तव्य हो ।

तर मेरा प्रतिष्पर्धीले मुलुकको नेतृत्व गर्न पाउँदा पनि तिन दिन देखी खान नपाएको भोको मान्छेलाई आफ्नो कहाँ भात माग्न आउँदा चौरासि व्यन्जनको बिवरण सुनाएजस्तो तत्काल ग्याँस दिन नसकेर घर घर मा पाईप जोड्ने जस्ता हावादारी कुरा गर्नु भयो । जनताले बुझिसकेका छन् । को काम गर्ने बौद्धिक बर्ग हो र को चाहिँ हावादारी गफ गर्ने व्यक्ति हो भनेर । यसैले मिठा मिठा भाषण भन्दा पनि काम गर्ने व्यक्ति चहिएकोले मलाई भोट दिनु पर्छ भन्ने मेरो दावा हो ।

४) अहिले मत माग्न घर घर जाँदा कस्तो प्रतिक्रिया पाउनु भएको छ नी ?

म त एकदमै उत्साहित छु । जुन ढंगले अहिले मतदाताहरुले स्वागत गर्नु भएको छ मैले निर्वाचन जितिसकेको महसुस गरेको छु । यस अघि आफुहरु संग विकल्प नभएकोले पटक पटक एउटै व्यक्तीलाई जिताउनु परेको भन्दै मतदाताहरुले म संग भन्नु भएको छ । अहिले छ अफुरुले बौद्धिकता हासिल गरेको, मुलुक र नागरिकलाई केहि परिवर्तन गर्छु भनेर आएको सक्षम युवा व्यक्ति पाएका छौं भन्नु भएको छ ।

फेरी अर्को कुरा मतदाताहरुको एउटा गुनासो परि रहेको पाईयो यस अघि जितेर जानेले आस्वासन मात्रै दिए चुनावको बेला खालि आस्वासन बाँड्न मात्रै आउँछन् भन्ने पनि रहेछ । तर अहिले वहाँहरु सबै सहमत भैसक्नु भएको छ, अहिलेको नेतृत्व परिवक्क र आफुहरुको अभिभावक वन्ने खालको छ भन्ने कुरा ।

५) अहिलेको यो बाम गठबन्धनले पनि तपाईंलाई असर गर्ला नी ?

यो गठबन्धनले मलाई पटक्कै असर गर्दैन बरु वहाँहरुलाईनै असर गर्छ । जस्तो की यस अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जी बोल्दा वायु वोल्यो भनेर आरोप लगाउने केपि ओली संगको सहकार्य अहिले कस्तो होला तपाई आपैंm सम्झनुस न ? हिँजो मानसिक सन्तुलन बिग्रिएको भनेर पार्टि बैठक बाट निर्णय गर्नेहरु विच सत्ता स्वार्थलाई केन्द्रमा राखेर भएको सहकार्य कत्तिको दर्विलो होला ? त्यसैले जुनसुकै गठबन्धन वा जे सुकै भने पनि मलाई खासै असर परेको छैन ।

को हुन् अधिकारी

ओलीका प्रतिस्पर्धी अधिकारी राजनीतिक भन्दा प्राज्ञिक व्यक्ति हुन्। राजनीतिक अनुभवका हिसाबले ओलीभन्दा पछि भए पनि विषय विज्ञताका हिसाबले अधिकारी अब्बल छन्। भारतको सौराष्ट्र विश्वविद्यालयबाट गैंडाको इकोलोजीमा विद्यावारिधि गरेका अधिकारी साढे १७ वर्ष लामो प्राध्यापन पेशा छाडी हालैमात्र पूर्णकालीन राजनीतिमा होमिएका हुन्।

अधिकारी आफ्नो राजनीतिक जीवन २०४६ सालको राजनीतिक परिवर्तनपछि सुरु भएको बताउँछन्। २०३१ सालमा गौरादहको धिमधिमेमा जन्मिएर प्रारम्भिक शिक्षा स्थानीय सूर्याेदय निमावि, त्यसपछि गौरादहको जनता माविबाट लिएका उनी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन्। २०४७ मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरी धरानको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार भर्ना भएका उनले त्यहिँबाट नेविसंघको राजनीति सुरु गरेका थिए। आईएस्सी अध्ययनका क्रममा उनी नेविसंघको क्याम्पस इकाई सभापतिसमेत बने। त्यसपछि बिएस्सी अध्ययनका लागि महेन्द्र मोरङ क्याम्पस विराटनगर आए। महेन्द्र मोरङमासमेत अध्ययनसँगै राजनीतिलाई निरन्तरता दिएका उनी इकाई सभापति भए भने त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरबाट एमएस्सी पूरा गरेपछि २०५७ सालदेखि प्राध्यापन पेसामा संलग्न रहे।

साढे १७ वर्ष लामो प्राध्यापन पेसालाई छाडेर समाज र राष्ट्रको सेवाका लागि राजनीतिको मैदानमा आएको उनको तर्क छ। डेढ दशकभन्दा लामो समय सरकारको नोकर भएर अब जनताको नोकर हुन राजनीतिमा आएको बताउँदै अधिकारीले भोट मागिरहेका छन्। आफू युवा हुनु, विषयविज्ञ हुनु, नागरिकमा परिवर्तनको अपेक्षा रहनु, लोकतन्त्रको पक्षधर हुनु र काँही पनि बसाई सरेर नगई निरन्तर स्थायी बसोबास गरिरहनु आफ्ना जितको आधार रहेको उनको तर्क छ। यस्तै राप्रपासँगको देशव्यापी गठबन्धनका कारण झापामा वाम र राप्रपाबीचको गठबन्धन औपचारिक मात्र हुनुले पनि राप्रपाको भोटसमेत आफुले तान्ने उनको तर्क छ।

यस्तै कम्युनिष्टको किल्ला मानिने गौरादह नगरपालिकामा केही वडाध्यक्षसहित प्रमुख, गौरीगञ्जमा उपप्रमुखसहित केही वडाध्यक्ष् जित्नु, कमल गाउँपालिकामा बराबरी मत पाउनु र दमकमा अहिले पार्टीभित्र कुनै विवाद र गुट नरहनुले आफ्नो जित सुनिश्चित गरेको उनको जिकिर छ। दुवैको आ-आफ्नै दाबी भए पनि नतिजा यही नै हुन्छ भन्न सकिने अवस्था छैन्। हेभीवेट उम्मेदवार ओली तुलनात्मक रुपमा बलियो देखिए पनि अधिकारीले उनलाई राम्रै चुनौती दिने अनुमान स्थानीयले गरेका छन्।

प्रकाशित मिति : ८ मंसिर २०७४, शुक्रबार  १२ : ०७ बजे