४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मिडिया नेपालको झापा शाखामा प्रसाई


२१ चैत्र २०७२, आइतबार  

0
Shares

विर्तामोड २१, चैत / राष्ट्रबादी पत्रकारहरुको संगठनको रुपमा मिडिया नेपालको झापा शाखा घोषणा भएको छ । आज (आइतबार)  विर्तामोडमा एक कार्यक्रमका बीच रन्जित प्रसाईको अध्यक्षतामा ७ सदस्यीय मिडिया नेपालको झापा शाखा घोषणा गरिएको हो । जसको सदस्यमा अर्जुन राजबंशी, विजय बराल, सचिन सुव्वा, शारदा खवास, सञ्जु शिवाकोटी, रवि ओझा र यमुना आचार्य रहनुभएको छ । मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौडेलले झापा शाखा घोषणा गर्नुभएको हो । गत चैत १ गते राजधानीमा केन्द्रिय कमिटी गठन भएको मिडिया नेपालको पुर्वाञ्चलमा पहिलो पटक झापामा शाखा बिस्तार गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष एवम् पुर्वाञ्चल संयोजक इन्द्रसिंह राजबंशीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै सत्तासीन राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले छिमेकी भारत र चीनसंग असल सम्बन्ध कायम गर्न वर्तमान सरकार असफल बनेको दावी गर्नुभयो । उहाँले सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरुले पनि प्रभावकारी रुपमा काम गर्न नसकेको स्वीकार गर्नुभयो । देशमा भ्रष्टाचार बढ्दै गएकोले अब पत्रकारहरुले भ्रष्टाचार बिरुद्ध कलम चलाउनुपर्ने उहाँको सुझाव थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, जिल्ला अध्यक्ष भीम नेम्वाङ, पूर्व केन्द्रिय सदस्य मोहनकाजी न्यौपाने, बानका केन्द्रिय उपाध्यक्ष कुमार भट्टराई, मिडिया नेपालका केन्द्रिय सदस्य मोहन ढुङ्गेल, प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाई, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष मुक्ति पौडेल, आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रिय सदस्य ईन्द्रजीत मुखिया, राप्रपा नेपालका जिल्ला अध्यक्ष अम्बर बहादुर बिष्ट, बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र प्रसाद वस्ती, उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा राप्रपा नेपालका केन्द्रिय सदस्य भक्ति सिटौला, स्थानीय बिकास अधिकारी खेमराज ओझाको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७२, आइतबार  १२ : ५६ बजे