४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

राजवंशी समाज विकास समितिको साधारण सभा सम्पन्न


२३ चैत्र २०७२, मंगलबार  

0
Shares

डाइनियाँ २३, चैत /     राजवंशी समाज विकास समिति केन्द्रिय कार्य समितिको बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।  मोरङको डाइनिया स्थित वि.पि. सेवा केन्द्रको सभा हलमा  सम्पन्न सभामा समितिका केन्द्रिय अध्यक्ष भीमराज राजवंशीले प्रगति  प्रतिवेदन प्रस्तुत गरेका थिए ।   त्यसैगरी समितिका सचिव सुबन्त राजवंशी र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा आर्थिक वर्ष २०७१/ ०७२ मा समितिले जम्मा रु. ३ लाख ६४ हजार ८० रुपैया आम्दानी प्राप्त गरेको थियो भने खर्च ४ लाख १ हजार ९ सय ९५ रुपैयाँ  गरेको छ ।
कार्यक्रममा  अध्यक्ष भीमराज राजवंशीले  २०७४ साल भित्रमा राजवंशी समाज विकास समितिको कार्यालय भवन निर्माण सम्पन्न गर्ने, भाषा लिपीको प्रशिक्षण दिने, विभिन्न गा.वि.समा सिरुवा महोल्सव सम्पन्न गर्ने , शिक्षक कर्मचारीहरुको भेला गर्ने, पुस ५ गते स्थापना दिवसमा रक्तदान, हाजिरी जवाफ प्रतियोगिता, कवितावाचन, खेलकुद, स्वास्थ्य शिविर र सांस्कृतिक तथा भोजन महोत्सव सम्पन्न गर्ने  डोल पावनी महोत्सव  सम्पन्न गर्ने भावी कार्यक्रमको रुपमा रहेको जनाएको छ । प्रतिवेदन राजवंशी भाषामा प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा राजवंशी समाज विकास समितिका निवर्तमान केन्द्रिय सदस्य देवी प्रसाद राजवंशी,  राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्रका सचिव उमेश कुमार राजवंशी, कोचिला न्युज डट कमका सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका जिल्ला सदस्य आत्माराम राजवंशीले मन्तव्य राखेका थिए । कार्यक्रममा समितिका केन्द्रिय उपाध्यक्ष सोहनलाल राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुवन्त राजवंशीले गरेका थिए । raj

प्रकाशित मिति : २३ चैत्र २०७२, मंगलबार  १२ : २८ बजे