४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

दुवागढीमा सिरुवा विशेष कार्यक्रम हुने


२४ चैत्र २०७२, बुधबार  

0
Shares

दुवागढी २४, चैत /  हुकाहुकी मिडिया ग्रुपको आयोजना  तथा हुकाहुकी बाल क्लबको सह– आयोजनामा दुवागढी –५ फुलवारीमा  सिरुवा विशेष कार्यक्रम हुने भएको छ ।
नव वर्ष तथा सिरुवा पर्वको अवसरमा वैशाख १ गते  जातिय पोशाकमा  नृत्य तथा सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ । रंग, पानी र कादो(हिलो) खेलेर कार्यक्रम सम्पन्न गर्ने कार्यक्रममा प्रमुख अतिथि संस्थापक प्राज्ञ सभा सदश्य  पवन राजवंशी  रहने  आयोजक समितिका संयोजक अजय ताजपुरियाले जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०७२, बुधबार  ६ : ०६ बजे