८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

एक करोड नक्कली भारुसहित ६ जना पक्राउ


२६ चैत्र २०७२, शुक्रबार  

0
Shares

काठमाडौं  २७, चैत / पाकिस्तानबाट काठमाडौं हुँदै भारत लैजान लागिएको एक करोड नक्कली भारुसहित ६ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ५ सय दरका २० हजार थान नक्कली भारु बरामद भएको छ ।

नक्क्ली भारूसहित पक्राउ पर्नेमा पाकिस्तान कराँचीका महम्मद नदिम, बानेश्वर बस्ने मकवानपुर हरनामाडीकी ५५ वर्षीया उमादेवी पाण्डे, बारा सिमरा-५ का ५६ वर्षीय महादेव तिमिल्सिना, महोत्तरी माइस्थान-८ का ४० वर्षीय दिलबहादुर थापा, पर्सा भौराटार-७ का ५८ वर्षीय परमानन्द यादव र बारा गन्जभवानीपुरका इश्वरप्रसाद साह तेली छन् ।

उनीहरुमध्ये नदिमलाई ५० लाखसहित ठमेलबाट, तिमिल्सिनालाई ५० लाखसहित बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७२, शुक्रबार  ५ : २१ बजे