५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

गाैरीगंज सशस्त्र प्रहरीद्वारा लागुअाैषधसहित दुई भारतीय युवक पक्राउ


३ आश्विन २०७५, बुधबार  

0
Shares

d8fadb9522ea82c52d6fad30d1a4874a.0

गाैरीगंज ३,असाेज/ सशस्त्र प्रहरी सीमा सुरक्षा बल गाैरीगंजले अाज लागूअाषधसहित दुई जना भारतीय युवकलाई पक्राउ गरेकाे छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बलकाे टाेलीले चेकजाँचकाे क्रममा फत्तेपुर सीमा नजिक स्पासपाेक्रान प्लस नामक ट्याब्लेट ( एक प्रकारकाे लागू अाैषध) सहित दुई जना भारतीय युवकलाई पक्राउ गरेकाे हाे । भारतकाे किसनगंज जिल्ला फत्तेपुर बस्ने २४ बर्षिय सुमित चाैधरी र साेही स्थान बस्ने १८ बर्षिय बर्मा कुमार शर्मालाई भारतीय नम्वर प्लेट माेटरसाईकल सहित पक्राउ गरिएकाे सीमा सुरक्षा प्रहरी बल गाैरीगंजका प्रहरी निरीक्षक दिपक खड्काले जानकारी गराउनुभयाे । उनका अनुसार बीअार ३७ बी ४०९१ नम्बरको भारतीय माेटरसाईकल पक्राउ गरिएकाे हाे । उनीहरूलाई अावश्यक कानुनी कार्वाहीका लागि अाजै सशस्त्र प्रहरीले इलाका प्रहरी कार्यालय गाैरीगंजलाई बुझाईएकाे छ ।

20180919_155137

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार  ३ : १२ बजे