४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

दर्शक नपाएर गाैरीगंजकाे सिनेमा हल बन्द


११ आश्विन २०७५, बिहिबार  

0
Shares

20180927_133249
गाैरीगंज ११, असाेज / कुनैबेला फिल्म हेर्ने दर्शकहरूकाे भिडभाडले सिट नपाएर उभेरै ३ घण्टा विताउने सिनेमा हल, अाज दर्शक नपाएर बन्द भएकाेेे सुन्दा तापईलाई अचम्म लाग्न सक्छ ।
झापाकाे गाैरीगंज गाउँपालिका वार्ड नं ३ स्थित सिद्विविनायक चलचित्र मन्दिर सिनेमा हलकाे अवस्था यस्तै भएकाे हाे ।
याे चलचित्र हल ३ वर्षदेखि बन्द अवस्थामा रहेकाे छ । २०५६ सालका स्थापना भएकाे उत्त चलचित्र मन्दिर ३ कठ्ठा जग्गामा फैलिएकाे छ । गाैरीगंजका राम प्रसाद राैनियार, भद्रपुरका मुकुन्द ढुंगाना, गाैरादहका कृष्ण कार्की, दिल्ली श्रेष्ठ र तारा श्रेष्ठकाे संयुक्त लगानीमा स्थापना भएकाे उत्त चलचित्र मन्दिर ‘भुत बङ्गला’ मा परिणत भएकाे छ । सिद्वि विनाययक चलचित्रका लगानीकर्ता मध्ये गाैरीगंजका रामप्रसाद राैनियारले चलचित्र रिलिज भएकाे भाेली पल्टै हरेककाे माेवाइलमा इन्टरनेट मार्फत फिल्म हेर्न सक्ने प्रविधिकाे विकास भएकाेले हलमा दर्शक अाउन छाडेकाे बताउँछन् । भारतीय सीमा नजिक भएकाेले बढी गुण्डागर्दी हुने, हुलहुज्जत हुने , भित्ते फटाहाहरूले पैसा नतिरी हल भित्र पस्ने जस्ता क्रियाकलापलाई प्रहरी प्रशासनले नियन्त्रण गर्न नसकेर पनि चलचित्र हल बन्द भएकाे उनी बताउँछन् ।
उनी भन्छन् ‘पहिले प्रहरी प्रशासन कडा थियाे माेवाईल थिएन जुनसुकै फिल्म ल्याउदा पनि धुमधडाका चल्थ्याे । दिनकाे ३ शाे चलाउदा पनि हलमा दर्शक भिडभाड रहन्थ्याे ।’ २०४५ सालदेखि चलचित्र पेशामा हात हालेका उनी यस पेशामा लगानी गरेकाे पैसा र परिश्रम सबै खेर गएकाे गुनासाे गरे । यस पेशामा लागेर अाफ्नाे नाउँमा रहेकाे ४ विघाजग्गा सकेकाे दुखेसाे सुनाए । उनले भने – ‘ भए भरकाे सम्पति त्यसैमा सक्याे अब अरू कुनै विकल्प नभएर चाेकमा किराना पसल खाेलेर अाफ्नाे जिविका चलाउदैछु ।’
गाैरीगंज चाैककै पश्चिम दक्षिण तिर रहेकाे उत्त चलचित्र मन्दिर कराैडाेकाै लगानीमा निर्मित अालिसान भवन छ । याे भवनलाई अन्य व्यवस्थाका लागि प्रयाेग गरेर उपयाेगमा ल्याउन सकिने चलचित्र मन्दिरका शेयरधनी राम प्रसाद राैनीयार बताउँछन् । उनी भन्छन् – ‘यस भवनलाई काेल्डस्टाेर, पार्टी प्यालेस वा अतिथि सदनकाे रूपमा परिणत गरेर व्यवसायीक विकल्पकाेरूपमा अगाडि बढाउन सकिन्छ ।’
काेल्डस्टाेर बनाउने हाे भने यस क्षेत्रका किसानले उब्जाएको अालु, प्याज, सागसब्जीलाई स्टाेर गरि किसानलाई सहुलियत दिनसकिने उनले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहिबार  १० : १४ बजे