६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

सहाराकाे नगद र भाले पाएपछि खातुन दम्पती दङ्ग


२७ पुस २०७५, शुक्रबार  

0
Shares

20190111_084502
गाैरीगंज २७ , पुस / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र गाैरीगंजले आज एक कार्यक्रमकाे आयाेजना गरि नगदसहित सुत्केरी पाेषण सामाग्री वितरण गरेकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं ३ हुक्कागाछी बस्ने सुत्केरी सेरा खातुनलाई नगद ५ हजार रूपैयाँसहित सुत्केरी पाेषण स्वरूप एक वटा भाले र न्यानाे कपडा प्रदान गरिएकाे हाे ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र सहारा सेवाकेन्द्र गाैरीगंजका म्यानेजर उमेश भारतीले संयुक्तरूपमा खातुन दम्पतीलाई उत्त रकम, भाले र न्यानाे कपडा प्रदान गरेका थिए । खातुनले पुस १७ गते लाइफ लाईन दमकमा छाेरीकाे जन्म दिएकी थिईन् ।
खातुनलाई सहकारीले दमकस्थित लाईफ लाईन अस्पतालमा सुत्केरी हुँदै अवस्थामा नगद ४ हजार रूपैयाँ समेत प्रदान गरेकाे थियाे । दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी नारा तय गरेकाे सहाराले ग्रामीणस्तरका विपन्न तथा पछाडिपारिएका समुदायलाई संगठित गरि उनीहरूकाे आर्थिक तथा सामाजिक रूपान्तरण गर्दै आएकाे छ ।
प्रदेश नं १ का ६ जिल्लामा ६० वटा सेवा केन्द्र रहेकाेे सहकारीमा १ लाख ३५ हजार ६ सय ७७ जना शेयर सदस्य रहेकाे म्यानेजर भारतीलेे जानकारी दिए ।
१५ वर्ष अघि गाैरीगंजमा स्थापना भएकाे सेवाकेन्द्रमा १ सय ४१ वटा समूह सहकारीमा आबद्व छन् । सहकारीले स्थानिय सरकारसँग समन्वय र साझेदारी गरि विपन्नकाे लागि आवास घर निर्माण, विधालय भर्ना अभियान, किशाेरी शिक्षा, लागुअाैषध दुर्व्यसन न्युनीकरण अभियान, दाईजाे प्रथा, बालविवाह, महिला, अल्पसंख्यक, सिमान्तकृत, शारीरिक अशत्त, अपांगहरूलाई समेटी स्वास्थ,शिक्षा, सुरक्षित पाेषणसहित दीगाे विकास लक्ष्य लिएकाे जनाईएकाे छ ।
समुहकी अध्यक्ष कञ्चन देवी महताेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिकाा अध्यक्ष बाबुराजा श्रेष्ठ, सेवाकेन्द्रका म्यानेजर उमेश भारतीलगायतले बाेेेलेका थिए भने सुभाष झाले कार्यक्रमकाे सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २७ पुस २०७५, शुक्रबार  १ : ५९ बजे