६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

पाँच स्थानमा भन्सार नाका खाेल्ने सहमति भएपनि टुंगाे लागेन


२८ पुस २०७५, शनिबार  

0
Shares

20190112_144048

गाैरीगंज २८, पुस / नेपाल र भारतबीचका् सीमाबर्ती पाँच नाकामा भन्सार थप्ने सहमति भए पनि स्थानबारे टुंगो लाग्न सकेेेकाे छैन ।

झापाकाे भद्रपुर र गाैरीगंज, माेरङ्गकाे रंगेली वा मायागंज, राैतहटकाे बंकुल र कञ्चनपुरकाेे बेलाैरीमा नयाँ भन्सार विन्दु खाेल्ने विषयमा दुवै देश सहमति नजिक पुगेकाे भन्सार विभागका महानिर्देशक ताेयम रायले बताए । उनका अनुसार नेपाल – भारत वाणिज्य सन्धिले सहमति दिएलगतै पूर्वाधार तयार गरी नाका सञ्चालनमा आउनेछ । नेपालतर्फकाे रंगेली र मायागञ्ज भन्सार विन्दु तथा भारततर्फकाे नाकाकाे समेत स्थलगत निरीक्षण गरेकाे रायले जानकारी दिए ।
पूर्वकाे झापा र माेरङ्गकाे समेत गरी तीन नाका उधाेग, व्यवसायी र स्थानियका लागि बहुप्रतिक्षित छन् । तीमध्ये रंगेली नाकालाई नेपाली पक्षले पहिलाे प्राथमिकतामा राखेकाे छ । भारतीय पक्षले भने रंगेली भन्दा पाँच किलाेमिटर पश्चिममा पर्ने मायागन्ज नाका खुलाउन जाेड दिइरहेकाे छ । रायले भने, ‘पाँच वटा नाका यसै वर्ष थप्ने गरि काम अघि बढिसकेकाे छ । कुन कहाँ रहने भन्ने छलफल हुन बाकी छ । ‘ रंगेली माेरङ्गकाे पुरानाे सदरमुकाम तथा राणा र पञ्चायतकालीन समयकाे व्यापारिक केन्द्रका रूपले परिचित छ ।
रंगेली र मायागंंजसंग भारतकाे कुवाडी बजार जाेडिन्छ । त्यहाँ नेपालतर्फका छाेटी भन्सार छन् । रंगेलीबाट भारतीय सीमा नजिक पर्छ । त्याे नाकामा भारततर्फ ४ र नेपालतर्फ २ किलोमिटर सडक सांघुराे छ । मायागन्जबाट भारत छ किलोमिटर दूरीमा पर्छ । सडक दुई लेन मात्र छ । नेपालतर्फ तीन किलोमिटर साघुराे छ । रंगेलीबाट भने बाेर्डर तीन किलोमिटर टाढा छ । रायका अनुसार अर्थ मन्त्रालय र सम्बन्धित निकाय सहमत भएपछि भन्सार विन्दुमा भाैतिक पूर्वाधार तयार गर्नेदेेेेखि सञ्चालनसम्मकाे काम सुरू हुनेछ ।

गाैरीगंज र भद्रपुरसंगै भारतले झापा बजार नाकालाई बढी जाेड दिएकाे छ । यसमा पनि सहमति भए ६ वटा भन्सार विन्दु सञ्चालन हुने सम्भावना छ । भद्रपुर सर्नुअघि झापा बजारमा सदरमुकाम थियाे सुरूंगाबाट भारतीय सीमा १९ किलोमिटर दक्षिणमा पर्छ । कञ्चनपुरकाे बेलाैरीलाई प्रदेश नं ७ काे मुख्य नाकाका रूपमा हेरिएकाे रायले बताए ।

प्रकाशित मिति : २८ पुस २०७५, शनिबार  ८ : ५९ बजे