५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

राजवंसी समाज विकास समितिले बुझायाे ज्ञापनपत्र, तराई हाेलीका दिन झापामा विदा दिन माग


४ चैत्र २०७५, सोमबार  

0
Shares

7d37f5a0d3cab3dad74f735d5306dc1b.0
गाैरीगंज ४, फागुन / राजवंशी समाज विकास समिति झापाले ‘फागु डाेल पावनी’ अर्थात हाेली पर्व तराई हाेलीका दिन झापामा सार्वजनिक विदा दिनुपर्ने माग राख्दै आज ज्ञापनपत्र बुझाएकाे छ ।
समाजका जिल्ला अध्यक्ष पुकार चन्द्र राजवंशीकाे नेतृत्वमा गएकाे टाेलीले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएकाे हाे ।
झापामा तराई हाेली अर्थात चैत ७ गतेका दिन हाेली पर्व मनाए पनि एकदिन अघि पहाड तिर मनाईने हाेलीकाे दिन जाेडेर सरकारले झापामा सार्वजनिक विदा दिदै आएकाेप्रति आपत्ति जनाउदै निर्णय सच्चाउन समितिले माग गरेकाे छ ।
पहाड हाेली चैत ६ गतेका दिन झापामा सार्वजनिक विदा दिएर ‘फागु डाेल पावनी’ हाेली पर्व मनाउन पाउने सांस्कृतिक अधिकारबाट झापाली जनतालाई वञ्चित गर्न खाेजेकाे आराेप लगाउदै समितले अविलम्ब निर्णय सच्याउन आग्रह गरेकाे छ ।
राजवंशी समाज विकास समितिका अध्यक्ष पुकारचन्द्र सिंह राजवंशीसहित उपाध्यक्ष दिनेश्वर राजवंशी, सचिव मुनिलाल राजवंशी, नेपाली कांग्रेसका महासमिति सदस्य भुमि राजवंशी, आदिवासी जनजाति महासंघ भद्रपुर समन्वय समितिका अध्यक्ष सन्ताेष राजवंशीलगायतकाे सहभागीता थियाे ।
63ed310081162198896ba910797aa414.0

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  १ : ०५ बजे