६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

एनएमसी मेचीनगरकाे ३५ औँ शाखा गाैरीगंजमा स्थापना, सुनगंगा सहकारी एनएमसीमा गाभियाे सहमतिपत्र हेर्नुहाेस्


५ चैत्र २०७५, मंगलबार  

0
Shares

20190319_125115

गौरीगंंज ५, फागुन / नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) मेचीनगरको सम्पर्क कार्यालयकाे रूपमा ३५ औ शाखा गौरीगंंजमा स्थापना भएकाे छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले आज उत्त सम्पर्क कार्यालयकाे रिवन काटेर विधिवत उद्घाटन गरेका छन् ।
नेपाल बहुउद्देक्कयीय सहकारी एनएमसी र गौरीगञ्जको सुनगंंगा वचत तथा ऋण सहकारी संस्था बीच एकिकरण भएको छ ।
सुनगंगा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण अधिकारीको सभापतित्वमा भएको सम्पर्क कार्यालय उद्घाटन र एकिकरण घोषणा समारोहमा एनएमसीका तर्फबाट एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेती र सुनगंगा सहकारीका अध्यक्ष नारायण अधिकारीले सम्झाैता पत्र अदान प्रदान गरी एकिकरणको घोषणा गरेका थिए ।

एकिकरणका लागि सुनगंगा सहकारीका अध्यक्ष सहित ८ जना पदाधिकारी र नेपाल बहुउद्देश्यीय सहकारी एनएमसीका अध्यक्षसहित ६ जना पदाधिकारीहरूकाे उपस्थितिमा फागुन २७ गते सहमति भएपछि एकीकरण प्रक्रिया अधि बढेकाे थियाे ।

‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने रजत वर्षको उपलक्ष्यमा तय भएकाे मुल नारालाई सार्थक बनाउन लागेकाे एनएमसीकाे २०७५ साल माघ महिनासम्म ६० हजार सदस्य आवद्व भएकाे एनएमसीका केन्द्रीय अध्यक्ष रामचन्द्र उप्रेतीले बताए । उनका अनुसार एनएमसीकाे ६ अर्व भन्दा बढी सम्पति भएकाे यस संस्थाले एनएमसी डेरी उधाेग मार्फत दूध, दहि, ध्यु, आईसक्रिम, याेगर्ट, पनिर , माेही र स्विट्स उत्पादन गरि विक्री वितरण गर्दै आएकाे छ ।
गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि दिपेन्द्र थापा, शिक्षक संंघ गाैरीगंजका अध्यक्ष गोपाल ताजपुरिया, जनसेवा सहकारीका अध्यक्ष कर्मा शेर्पा, पुर्व गाैरीगंज क्याम्पस प्रमुख केदार रिमाल, प्राइम बैैंकका गौरीगंंज प्रमुख शरद काफ्ले, वडा नं ३ का अध्यक्ष मखना महतो, बालकल्याणका प्रअ भिम कोइराला लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा शिक्षक संघ गाैरीगंजका अध्यक्ष गाेपाल ताजपुरियाले एनएमसीकाे २५ हजार रूपैयाँकाे शेयर कित्ता खरिद गर्ने घाेषणा गरेका थिए भने शिक्षक बुलेन्द्र राजवंशीले १० हजार रूपैयाँकाे शेयर खरिद गर्ने घाेषणा गरेका थिए ।
कार्यक्रमकाे सञ्चालन सुनगंगा वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक अर्जुन लुईटेलले गरेका थिए ।

सहमतिपत्र
20190319_155503
20190319_155516
20190319_155530

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  १० : ११ बजे