५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

तराईका जिल्लाहरुमा आज फागू अर्थात होली पर्व मनाइँदै, गाैरीगंजमा हाेली मिलन कार्यक्रम हुँदै


७ चैत्र २०७५, बिहिबार  

0
Shares

20190321_100251
गाैरीगंज ७, चैत / आज तराईका जिल्लाहरुमा फागू अर्थात होली पर्व मनाइँदैछ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ ।

दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुशियालीमा होली मनाईने गरिन्छ ।

नेपालमा प्राचिन समयमा मनाईने बसन्त उत्सव र मदन उत्सव मध्ये पहाडि समुदायले मौसम परिवर्तनको रुपमा वसन्त उत्सवलाई मानेर होली मनाउने गर्छन् । तराईमा भनें महिला र पुरुषको बीचमा आत्मियता प्रदर्शन हुने मदन उत्सवको रुपमा भोलिपल्ट होली मनाईन्छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ ।

बिशेषगरी पूर्वि तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विभिन्न जातजातीहरु लगायत पश्चिमी भेगका नेपाली तराईवासीहरु आज यो रङ्गिन चाड मनाउँदैछन् ।

पश्चिम नेपालकाे तराईहरुमा भने माटोले होली खेल्ने चलन पनि छ, बहुतै सदभावका साथ सुख्खा या भिजेको माटोको सुस्त लेप एकअर्कामा लगाएर होली प्रारम्भ गरिन्छ ।

जवरजस्ती रंग छ्याप्ने, लोला हान्ने कार्यलाई रोक्न प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । ट्राफिक चेकजाचलाई पनि कडाइ गरेको छ । सम्भावित दुर्घटनालाई न्युनिकरण गर्न प्रहरीले चेकजाच कडा पारेको जनाएको हो । सरकारले आज तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ । यसैअवसरमा
गाैरीगंजमा गाैरीगंज युवा समुहले हाेली मिलनकाे कार्यक्रम गर्दैछ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार  ४ : १८ बजे