५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

झापा, मोरङ र सुनसरीमा सिरुवा र जुडसित्तलको रौनक, फुल घोडा बेच्नेको भिड


३ बैशाख २०७६, मंगलबार  

0
Shares

20190416_062835

विराटनगर ३, वैशाख /
मोरङको जहदा गाउँपालिकाका ठेकु मुखिया र उनकी श्रीमती बुलन्ती मुखिया धनपालथान गाउँपालिका वडा नम्बर ६ दादरबैरियामा रहेको जय माँ रणकाली देवस्थलमा पुजा गर्न आए । अनी पुजा गर्नको लागि आएका उनीहरुको अर्को उदेश्य भनेको मेलामा रमाईलो पनि गर्ने हो ।

सडकसँगै रहेको यो देबस्थलमा हरेक बर्षको बैशाख २ गते मेला लाग्ने गर्दछ । यही मालेमा आउने सबैका उदेश्य भनेको भाकल गर्ने, अनी भाकल पुरा भए आफुले के चढाउने भनिएको हो त्यो चढाउन आउनेहरुको भिड लाग्छ ।
कसैले बोका, कसैले पाठी अनी कोहीले परेवा, कुखुरा, हाँस चढाउछन् भने हुँदै नहुनेहरु बनाईएको काठका फुल घोडा चढाएर बर माग्ने चलन झापा मोरङ, सुनसरी लगायतका पुर्बी तराईका जिल्लामा सिरुवा पर्बको बेला गरिने कार्यहुन । अनी त्यही सिरुवा पर्बकै दिन बिभिन्न स्थानमा लाग्ने मेलाले सबैलाई मनोरञ्जन पनि दिँदै आएको छ ।
झापा, मोरङ, सुनसरीमा आदिमकालदेखि बसोबास गर्ने कोच आदिवासी समुदाय सिरुवा पर्वलाई भव्य र सभ्य रुपमा मनाउन व्यस्त छन् । यो पर्व थारु, राजवंशी, ताजपुरीया, गनगाई, धिमाल, माझी लगायतका समुदायले पनि महत्वका साथ मनाउने गर्दछन् ।
कोच आदिवासी समुदायमा वर्षको सुरुमा मनाइने सबैभन्दा पहिलो र ठूलो पर्व नै सिरुवा हो । हरेक बर्ष यो पर्व ३ दिनसम्म मनाइन्छ । पहिलो दिन बिश्वा (जल सिरुवा), दोस्रो दिन काद (हिलो) सिरुवा, तेस्रो दिनमा रङ सिरुवा खेल्ने गरिन्छ । सिरुवा राजवंशीलगायत अरु कोच समुदायको विशुद्ध मौलिक, धार्मिक, सांस्कृतिक पर्वको रुपमा सिरुवा पर्बलाई लिईएको छ । सिरुवा पर्ब ३ दिनसम्म महत्वका साथ मनाईएपनि यो मेला भने बिभिन्न ठाउँमा एक महिनासम्म लाग्ने गर्दछ ।

फुलघोडाको ब्यापार सिजनमा ५० हजार
दादरबैरियामा नै लागेको सिरुवा मेला भर्न जानेहरुको अत्याधिक भिड हुन्छ । बैशाख २ गतेको दिनलाई महत्वका साथ हेरिने भएकोले बालबालिका देखि बृद्धबृद्धा पनि उसैगरी मेला भर्नको लागि पुगेका थिए । त्यही मेलामा बसेर फलघोडा बेच्न भ्याई नभ्याई अबस्थामा रहेकी ग्रामथान गाउँपालिका वडा नम्बर ३ सिद्राहाकी पल्टिदेवी राजबंशीले एक सिजनमा ५० हजार बढीको फलघोडा बेच्छिन् ।
उनका अनुसार बैशाख भरी नै बिभिन्न मेलामा पुगेर बेचिने घोडाको बैशाखमा राम्रो कारोबार हुने गरेको छ । उनले यो सिजनमा ५० हजारको बेच्छिन भने दशै र तिहारमा पनि उनले ५० हजार भन्दा बढीको फुल घोडा बेच्ने गरेको सुनाईन् । उनीसँगै आएकी सोही ठाउँकी आशादेबी राजबंशीले फुल घोडा बेच्नमा ब्यस्त थिईन् । उनको उदेश्य भनेको एक सिजनमा बेचेको फुलघोडाले एक बर्षभरी छोराछोरीको पढाई खर्च निकाल्नु हो ।
आशा भन्छिन्, ‘टेम्पो किन्नको लागि निकालेको लघुवित्तको किस्तामा तिर्न र एक बर्षसम्मको छोराछोरीको खर्च जोहो गर्न पाईयो भने पुग्यो ।’
सिरुवासँगै जुडसितल
पुर्बी तराईमा मनाइने तराई मधेशको महत्वपूर्ण पर्व सिरुवा र जुडसितलको रौनक सुनसरीमा पनि बढेको छ । नयाँ वर्षको आगमनलाई स्वागत गर्ने क्रममा एकआपसमा हिलो र धूलो छ्यापाछ्याप गरी जुडसितल मनाईने गरेको छ ।
जुडसितल कतिपय ठाउँमा मङ्गलबार मनाइँदैछ भने कतिपय ठाउँमा दोस्रो दिन मनाईएको छ । जुडसितलमा मान्यजन तथा ठूलाबडाले आफूभन्दा सानालाई टाउकोमा पानी राखी आशिर्वाद दिन्छन् भने साना अर्थात् कान्छा सदस्यले ठूलाबडाको खुट्टामा पानी हाल्ने र आशिर्वाद लिने चलन छ ।सुनसरीको इनरुवा, बबिया, गौतमपुर, नर्सिंह लगायतका धेरै ठाउँका आदिवासी, जनजाति, मधेशी जुडसित्तल मनाउने गरेका छन् । प्रदेश सरकारले समेत सिरुवाको अबसरमा सार्बजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १२ : ४३ बजे