५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

गाैरीगञ्जका बालबालिकालाई भित्तेपत्रिका प्रकाशन तालिम


२८ बैशाख २०७६, शनिबार  

0
Shares

गाैरीगंज २८, वैशाख /
झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ र २ का २० जना बालबालिकालाई भित्ते पत्रिका प्रकाशन सम्बन्धि दुई दिने तालिम प्रदान गरिएको छ । मदानी मिडिया दमकले गाउँपालिकासंगको सहकार्यमा सञ्चालन गरेको तालिममा बाल कल्याण मावि कुञ्जीबारी र आदर्श मावि कोरोबारीमा अध्ययनरत १०/१० जना विद्यार्थी सहभागी थिए ।
बालकल्याण माविमा आयोजना गरिएको तालिमका सहभागी बालबालिकाहरुले बाल भित्ते पत्रिका सम्बन्धि तालिमका क्रममा प्राप्त ज्ञानलाई आफूहरुले अधिकतम उपयोग गर्ने बताए । तालिमको गौरीगञ्ज गाउँपालिका वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवशींको प्रमुख आतिथ्यमा सहभागीहरुलाई वडाध्यक्ष राजवशीं , बालकल्याण माविका प्रधानाध्यापक भीम प्रसाद कोइराला, स्थानीय साना किसान कृषि सहकारी संस्था माहाभाराका नवनिर्वाचित कार्यसमिति सदस्य श्रवणकुमार गोप र तालिमका मुख्य प्रशिक्षक गोपाल झापालीले प्रमाण पत्र वितरण गरेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  २ : २३ बजे