५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

९ दिन देखि गाैरादहका सुदीप ताजपुरीया बेपत्ता, प्रहरीद्वारा खाेजीकार्य तीव्र


१५ जेष्ठ २०७६, बुधबार  

0
Shares

20190529_205714
गौरादह १५ , जेठ / झापाको गौरादह नगरपालिका ४ स्थित खाङ्टा बाट एक बालक हराएका छन् । ९ दिन देखी सम्पर्क विहिन भएका बालक सुदीप ताजपुरीयाको खोजी कार्य तिव्र रुपमा भइरहेको पारिवारीक स्रोतले जनाएको छ ।

गौरादह नगरपालिका ४ खाङटाका स्थायी बासिन्दा आमा सुनो ताजपुरीया र बुबा नहर ताजपुरीया का छोरा स्कुलचौन माध्यमिक विद्यालयमा कक्षा आठ मा अध्ययनरत सुदीप ताजपुरीयालाई ज्येष्ठ ७ गते मंगलबारका दिन बिहान स्कुल जाने समयमा आमा सुनोले सामान्य हकारेको विषयमा रिसाएर स्कुल नगई मंगलबार बिहान नै १० बजेतिर घर बाट दमक तर्फ लागेको आफन्तले बताएका छन् ।

हाल सम्म पनि छोरो फर्की नआएको पीडित आमा सुनो ताजपुरीयाले जानकारी दिनुभयो । १५ वर्षिय सुदीप ताजपुरीयाले घरबाट हिंड्दा जिन्सको पेन्ट र सर्ट लगाएर हिंडेको बताइएको छ ।

उनको खोजीका लागि इलाका प्रहरी कार्यालय गौरादहमा निवेदन दिइसकेको उनका आमा सुनो ताजपुरीयाले जानकारी दिनुभयो ।

कहिं कतै देख्नुहुने र भेट्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालय वा बुवा नहर ताजपुरीया ९८१६९६८९४४ आफन्त सकेन्द्र ताजपुरीयालाई ९८१६०८१२६८ नम्बरमा सम्पर्क गरि जानकारी दिनुहुन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ३ : १५ बजे