५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

जेष्ठ नागरिकलाई अल्जामर्स ( विर्सने रोग) सम्बन्धि तालिम


२२ जेष्ठ २०७६, बुधबार  

0
Shares

jestha photo
गौरीगंज २२, जेठ /
गौरीगंज गाउ“पालिकाका जेष्ठ नागरिकहरुलाई अल्जाइमर्स ( विर्सने रोग) सम्बन्धी एक दिने चेतना मुलक तालिम आज सम्पन्न भएको छ ।
महिला तथा बालविकास शाखा गौरीगंजको आयोजनामा भएको तालिममा डा. विद्या पोख्रेलले उक्त रोगका विषयमा सहकिकरण गरेकी थिएन् । गौरीगंज गाउ“पालिकाको सभाहलमा आयोजना गरिएको तालिममा ४० भन्दा बढी जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो । उमेर ढल्दै जा“दा स्मरण गर्ने क्षमतामा पनि ह्रास हुदै जाने भएकोले त्यसबाट बच्न ६० वर्ष उमेर कटिसकेका  जेष्ठहरुलाई  तालिम दिएको महिला ताथ बालबालिका गौरीगंजकी प्रमुख सुष्मा कोइरालाले बताइन् ।
गौरीगंज गाउ“पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड नं. ३ का अध्यक्ष मखना महतो, जेष्ठ नागरिक संघ गौरीगंजका अध्यक्ष विश्वप्रकाश अधिकारी, उपाध्यक्ष रामकृष्ण यादवलगायतको सहभागिता थियो । महिला तथा बालबालिका शाखा गौरीगंजको ससर्त अनुदान बजेटबाट आयोजना गरिएको तालिममा डा. पोख्रेलले ६० बर्ष उमेर कटिसकेका विश्व भरि ३ करोड र नेपालमा ७६ हजार मनिस अल्जामर्सबाट पिडित भएको जानकारी गराएकी थिइन् । उनले तालिममा यस रोगबाट बच्ने समाधानका उपाय र अपनाउनु पर्ने समधानीबारे जानकारी गराएकी थिइन् । महिला तथा बालबालिका गौरीगंज शाखाकी प्रमुख सुष्मा कोइरालाले तालिमको सञ्चालन गरेकी थिइन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार  १२ : ४४ बजे