८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

गाैरीगंज शिक्षकहरूकाे आपत्ति


९ भाद्र २०७६, सोमबार  

0
Shares

20190826_175802

गाैरीगंज ९, भदाै / गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले शिक्षकहरूलाई दण्ड र पुरस्कारप्रति दिएकाे अभिव्यक्ति आपत्तिजनक रहेकाे शिक्षकहरूले बताएका छन् ।
गाैरीगंज स्राेत केन्द्र भवनमा आज एक कार्यक्रमकाे आयाेजना गरी अध्यक्ष श्रेष्ठले शिक्षकहरूकाे पेशाप्रति निरूत्साहित हुने गरि एफएम प्लस गाैरादहमा दिएकाे अभिव्यक्ति खेदपुर्ण रहेकाे बताएका छन् ।
जनप्रतिनिधि भएर अध्यक्ष श्रेष्ठले जनभावना र बाैद्विकवर्गका व्यत्तित्वहरूकाे इज्जत नगरी मानमर्दन गर्न खाेजेकाे आराेप लगाएका छन् । शिक्षा ऐनमा शैक्षिक गुणस्तर सुधारकाे पक्षमा कुनै प्रकारकाे बुदा नराखि शिक्षकहरूलाई चाेक चाेकमा दण्ड र पुरस्कार दिने भन्नु घाेर आपत्तिजनक रहेकाे प्रतिक्रिया दिए । शिक्षकहरूकाे पेशागत संगठनका पदाधिकारीहरूले काेणसभा गरी गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन् । नेपाल शिक्षक संंघ गाैरीगंज गाउँपालिका अध्यक्ष गाेपाल प्रसाद ताजपुरियाले जनप्रतिनिधिले शिक्षकहरूकाे मान मर्दनहुने गरि अभिव्यक्ति दिने साहस कसरी गर्नुभयाे भनी प्रश्न गर्नुभयाे । उहाँले भन्नुभयाे – ‘ विध्यालयमा शैक्षिक गुणस्तर नउख्सिनुमा केवल शिक्षकमा दाेषी नरहेकाे टिप्पणी गरे ।’एकीकृत अखिल नेपाल शिक्षक संगठनका गाैरीगंज अध्यक्ष प्रकाश चन्द्र राजवंशीले शिक्षकहरूलाई चाेक चाैराहामा दण्ड र पुरस्कार दिने कहाँकाे नियम हाेे भनी प्रश्न गर्दै शिक्षकहरूलाई निरूत्साहित गर्ने अभिव्यक्ति प्रति आन्दाेलनका कार्यक्रम लिएर अगाडि बढ्ने धारणा राखे ।’ राष्ट्रिय शिक्षक परिषदका कुमार भण्डारीले शिक्षकहरूलाई दण्ड र पुरस्कारकाे व्यवस्था गरिनु
राम्राे कुरा भएता पनि अध्यक्ष जस्ताे गरिमापदमा रहेर चाेक चाैराहामा दण्ड र पुरस्कारकाे व्यवस्था गर्छु भन्नु गलत रहेकाे धारणा राखे ।
नेपाल शिक्षक महासंघ गाैरीगंज अध्यक्ष हरिलाल यादवले शिक्षकहरूकाे मनाेवल गिर्ने गरि अध्यक्ष श्रेष्ठले अभिव्यक्ति दिनु शिक्षा ऐन विपरित रहनुका साथै आफ्नाे अधिकार क्षेत्रभित्र नपर्ने धारणा राखे । यसका लागि सबै शिक्षकहरूले एक भएर प्रतिवाद गर्नुपर्ने बताए । गाैरीगंज गाउँ पालिका शिक्षा प्रमुख केशव भट्टराईले शैक्षिक गुणस्तर सुधार्न शिक्षकका साथै सराेकारवालाहरू लागि पर्नु पर्ने धारणा राख्दै
शिक्षकहरूमा आईपरेका समस्याहरूका बारेमा सबैसंग छलफल र सल्लाह गरि अगाडि बढ्नु पर्ने बताए । त्यस अवसरमा अन्य प्रअ तथा शिक्षकहरूले आ – आफ्नाे धारणा राखेका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १२ : १३ बजे